
काठमाडौं । भारतीयसहितका चर्चित नेपाली गायकगायिकाले दशरथ रंगशालामा आयोजित कन्सर्टमा प्रस्तुति दिएका छन् । ‘नेभरल्याण्ड कन्सर्ट’मा उनीहरुले हिट गीतमार्फत दर्शकलाई मनोरञ्जन दिए ।
सुरुमा चर्चित भारतीय गायिका आस्था गिलले दर्शकलाई आफ्ना हिट गीतमार्फत जुरुक जुरुक तुल्याइन् । उनले ‘पानी पानी’, ‘कमरिया’, ‘अभि तो पार्टी सुरु हुई’ लगायत आधा दर्जन बढी गीत गाइन् । उनको गायकीमा दर्शक उफ्रिएर नाचेका थिए ।
त्यसपछि चर्चित भारतीय र्यापर डिभाइन र किङले पनि सांगीतिक प्रस्तुति दिए । यी दुईको र्यापमा दर्शक झुमे । दर्शकले खचाखच कन्सर्टमा सृष्टि तवाडे र नेपाली र्यापर दोङले पनि प्रस्तुति दिए ।
अबेर रातीसम्म चलेको कन्सर्टमा दशरथ रंगशाला खचाखच थियो । दर्शकका लागि बेग्लै किसिमको सांगीतिक माहोल मिलोस् भनेर राष्ट्रिय तथा अन्तराष्ट्रिय कलाकार समेटेर रंगशालामा कन्सर्ट आयोजना भएको हो । कन्सर्टले सांगीतिक पर्यटन बढाउने उद्देश्य आयोजक आइ लाइभ नेपालले लिएको छ ।
तस्वीर : आर्यन धिमाल/अनलाइनखबर
प्रतिक्रिया 4