+
+
Shares

जागिरको लोभमा भारतको कोठीमा बेचिएकी युवतीको उद्धार, होटल सञ्चालक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १० गते ९:०८

१० फागुन, दाङ । दाङमा एक युवतीलाई भारतको कोठीमा लगेर बेचेको आरोपमा प्रहरीले एक दम्पतीलाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा घोराही-१४ स्थित लखन पार्क नजिकै होटल सञ्चालन गरी बस्ने ५२ वर्षीय बिमुसा सार्की र उनकी श्रीमती ३९ वर्षीया टोपली सार्की रहेका छन् ।

२० वर्षीया एक युवतीलाई रोजगारीको प्रलोभनमा भारतको कोठीमा लगेर बेचेको आरोपमा उनीहरुलाई पक्राउ गरेर अनुसन्धान थालिएको जिल्ला प्रहरी प्रमुख वीरबहादुर वलीले जानकारी दिए ।

प्रहरी प्रमुख वलीका अनुसार होटलकी सञ्चालक टोपलीले युवतीलाई भारतमा राम्रो काम लगाइदिने भनेर लोभ देखाएकी थिइन् । त्यसपछि उनलाई गत माघ २१ गते भारतको चन्ढीगढ पुर्‍याइयो । ‘राम्रो कमाइ हुने लोभ देखाएर बाँकेको नेपालगञ्जसँग जोडिएको भारतीय सीमा नाका रुपैडिहा हुँदै भारत पुर्‍याइएको रहेछ’ प्रहरी प्रमुख वलीले भने, ‘त्यहाँ कोठीको सञ्चालकसँग मोटो रकम लिएर युवतीलाई बेचिएछ ।’

प्रहरी प्रमुख वलीका अनुसार कोठीमा पुर्याएर पीडित युवतीलाई १२ दिनसम्म वेश्यावृत्ति गर्न लगाइएको थियो । पछि युवती बेचिएको खबर उनकी आमाले पाएपछि प्रहरीमा उजुरी दिएकी थिइन् । प्रहरीले उजुरीका आधारमा माघ २२ गते विभिन्न संघसंस्थाको समन्वयमा पीडित युवतीलाई कोठीबाट उद्धार गर्न सफल भयो ।

पीडित युवतीको उद्धार गरेर फागुन ४ गते प्रहरीले होटल संचालक दम्पतीलाई पक्राउ गरेको हो । दुवै जनालाई अदालतबाट म्याद थप गरी अनुसन्धान अघि बढाइएको छ । पक्राउ परेका दम्पतीलाई मानव बेचबिखन तथा ओसारपसार (नियन्त्रण) ऐन २०६४ अन्तर्गत कारबाही प्रक्रिया अघि बढाएको प्रहरीले जनाएको छ ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?