+
+

राजा फर्काउन खोजेको होइन : दुर्गा प्रसाईं

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १० गते १४:११

१० फागुन, धनगढी । व्यवसायी दुर्गा प्रसार्इँले आफ्नो अभियान राजा फर्काउनका लागि नभएको बताएका छन् ।

बुधबार धनगढीमा आयोजित कार्यक्रममा प्रसाईंले आफूले थालेको अभियानलाई कतिपयले राजा फर्काउने अभियान भनेर टिप्पणी भइरहेको भन्दै त्यसको खण्डन गरे ।

‘हाम्रो यो कार्यक्रमलाई कति जनाले राजा ल्याउने, महाराजा ल्याउने हो भनेर भनिरहेका छन् तर त्यस्तो होइन’, प्रसाईँले भने, ‘यहाँ गरिबको चुलो बाल्ने कुरा छ । झोला बोकेर विदेश पस्नेहरुलाई स्वदेशमै रोजगारी दिन र नागरिकलाई बचाउन कार्यक्रम ल्याएका छौँ ।’

उनले राजनीतिक दलहरुले व्यवसाय गरेर बसेको मान्छेलाई विद्रोह गरेर सडकमा ल्याउन बाध्य पारेको दाबी गरे । पूर्वराजाबाट कार्यक्रम उद्घाटन गरेकै घरमा एमालेले आफूलाई कारबाही गरेकामा असन्तुष्टि जनाए ।

‘हिजो मेरा हजुरबुवा केपी ओलीले पूर्वराजाबाट पानसमा दियो बालेकै कारण मलाई कारवाही गर्नुभयो । उहाँले नै हामीलाई पार्टीको निर्णय गराएर राजतन्त्रको एजेन्डा बोक्ने राजेन्द्र लिङ्देनलाई भोट हाल्न लगाउनुभयो,’ प्रसाईँले भने, ‘अब तपाईहरु भन्नुस् कारवाही उहाँलाई गर्ने कि मलाई ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?