+
+

माधव नेपाललाई भेट्न कोटेश्वर पुगे चिनियाँ राजदूत

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १० गते १६:५४

१० फागुन, काठमाडौं। चिनियाँ राजदूत छन् सङले एकीकृत समाजवादी पार्टीका अध्‍यक्ष माधवकुमार नेपाललाई भेटेका छन् । नेपाललाई भेट्न राजदूत सङ कोटेश्वरस्थित अध्यक्ष निजी निवासमा पुगेका छन् ।

नेपालका निजी सचिवालयका अनुसार आज दिउँसो चिनियाँ राजदूत सङ नेपाल निवास पुगेका हुन् ।

भेटमा अध्यक्ष नेपालले नयॅा राजदूतलाई स्वागत गर्दै कार्यकाल सफलताको शुभकामना दिए । साथै राजदूत सङको नेपाल आउन पाउँदा खुसी लागेको बताउॅदै आफ्नो कार्यकालमा सबैबाट सहयोगको अपेक्षा गरेको बताए ।

उनीरूबीच नेपाल चीन सम्बन्ध र द्विपक्षीय हितका विविध बिषयमा कुराकानी भएको नेपालको सचिवालयले जनाएको छ । आजै प्रधानमन्त्री प्रचण्डलाई भेट्न राजदूत सङ बिहान बालुवाटार पुगेका थिए ।

केही दिन अगाडि मात्रै चिनियाँ राजदूत सङले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेटेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?