+
+

ओस्कारमा सहभागी हुन कालो पहिरन र खाली खुट्टामै अमेरिका लागे रामचरण

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १० गते १७:०१

काठमाडौं । ‘आरआरआर’ फेम्ड दक्षिण भारतीय अभिनेता रामचरण ओस्कार अवार्ड समारोहमा सहभागी हुन अमेरिका प्रस्थान गरेका छन् । त्यसतर्फ लाग्नुअघि हैदराबाद एयरपोर्टमा भेटिएका उनको गेटअपलाई लिएर भारतीय सञ्चारमाध्यममा चर्चा भइरहेको छ ।

टाउकोदेखि खुट्टासम्म कालो पहिरन लगाएका उनी खाली खुट्टा एयरपोर्टमा देखिएका थिए । उनको यो हुलियाको भिडियो सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । उक्त भिडियोमा फ्यानले अभिनेता रामचरणले अयप्पा स्वामीको महाव्रत राखिरहेको बताएका छन् ।

यो महाव्रत ४१ दिनसम्म चल्छ र कडा नियमको पालना गरिन्छ । ओस्कार जित्ने रामचरणको संकल्पले सबैको मन जितेको छ । यस्तो व्रत रामचरणले पहिलोपटक राखेका भने होइनन् । गत वर्ष ‘आरआरआर’को सफलताका क्रममा उनी व्रत बसेर भगवानको दर्शन गर्न सबरीमाला गएका थिए ।

भिडियोमा रामचरण कारबाट ओर्लिएको देखिन्छ । उनी कालो कपडामा छन् । हातमा कालो भाँडो छ, उनी खाली खुट्टामा छन् । यसअघि रामचरण र आनन्द महिन्द्राको डान्स भिडियो भाइरल भएको थियो, त्यसमा पनि अभिनेता नाङ्गो खुट्टा र कालो कपडामा देखिएका थिए । उनले फेब्रुअरी १० देखि अयप्पा स्वामीको महाव्रत गरिरहेको बताइएको छ ।

रामचरण हरेक वर्ष अयप्पा स्वामीको व्रत बस्छन् । ४१ दिनसम्म रहने यो महाव्रत निकै कठिन हुन्छ । यस समयमा कालो कपडा लगाउनुपर्ने, ब्रह्मचार्य पालन गर्नुपर्ने चलन छ । महाव्रत अवधिभर खाली खुट्टा बस्नुपर्ने, भुइँमा सुतेर गलामा तुलसीको माला लगाउनुपर्ने र सात्विक भोजन लिनुपर्ने नियम छ ।

रामचरण र जुनियर एनटीआरको फिल्म ‘आरआरआर’को गीत ‘नाटु नाटु’ ओस्कारमा उत्कृष्ट मौलिक गीतको विधामा मनोनयन भएको छ । यसका लागि रामचरण अमेरिका गएका छन् । ओस्कार अवार्ड आगामी मार्च १३ मा आयोजना हुनेछ । यो विधामा एसएस राजामौलीको फिल्मको गीतले इतिहास रच्ने आशा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?