+
+

निर्माण व्यवसायी मनोज भेटवाल पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ११ गते ९:१०

११ फागुन, काठमाडौं । निर्माण व्यवसायी मनोज भेटवाल बैंकिङ कसुर सम्बन्धी आरोपमा पक्राउ परेका छन् । काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी सिताराम रिजालले भेटवाललाई  घरबाटै पक्राउ गरिएको जानकारी दिए ।

उनीविरुद्ध चेक बाउन्सको उजुरी परेको थियो ।

काठमाडौंको पुरानो बसपार्कमा काठमाडौं टावर निर्माण गरिरहेका भेटवाल यसअघि पनि पटक–पटक पक्राउ पर्दै छुट्दै आएका छन् । भेटवाललाई केही वर्षअघि केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)को टोलीले एपेक्स बैंक घोटला प्रकरणमा पक्राउ गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?