+
+

उपप्रधानमन्त्री पौडेल भारत प्रस्थान

रासस रासस
२०७९ फागुन ११ गते १६:४३

११ फागुन, काठमाडौँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडल जी–२० का अर्थमन्त्रीको सम्मेलनमा भाग लिन बिहीबार अपराह्न भारत प्रस्थान गरेका छन् । सम्मेलन यही फागुन १२ र १३ गते भारतको बैङ्लोरमा हुने कार्यक्रम छ ।

सो अवसरमा उपप्रधानमन्त्री तथा अर्थमन्त्री पौडेलले भारतलगायत विभिन्न देशका समकक्षीसँग छलफल गर्ने उनको सचिवालयले जनाएको छ । उपप्रधानमन्त्री पौडेलसँगै अर्थ मन्त्रालयको अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख श्रीकृष्ण नेपाल पनि सहभागी छन् ।

जी–२० को सदस्य नेपाल नरहे पनि भारतले अध्यक्षता लिएका बेला सम्मेलनमा भाग लिन नेपाललाई निमन्त्रणा गरेको थियो । जी–२० मा भारत, चीन, जापान, अमेरिका, बेलायतलगायत राष्ट्र छन् । उपप्रधानमन्त्री पौडेल यही फागुन १३ गते स्वदेश फर्कंने अर्थ मन्त्रालयले जनाएको छ ।

लेखकको बारेमा
रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको समाचार संस्था हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?