+
+

संवैधानिक परिषदसम्बन्धी विधेयक संसदमा दर्ता गर्न मन्त्रिपरिषदले दियो स्वीकृति

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन ११ गते १९:३८

११ फागुन, काठमाडौं । सरकारले संवैधानिक परिषदसम्बन्धी विधेयक संसदमा दर्ता गर्न प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई स्वीकृति दिएको छ ।

बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले संवैधानिक परिषद (काम, कर्तव्य अधिकार र कार्यविधि) सम्बन्धी ऐन, २०६६ लाई संशोधन गर्न बनेको विधेयक संसदमा दर्ता गर्न स्वीकृति प्रदान गरेको हो ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका अनुसार प्रस्तावित विधेयकमा संवैधानिक परिषदको बैठक बस्न आवश्यक गणपूरक संख्या, निर्णयको प्रक्रिया लगायतका विषय समावेश छन् ।

यसअघि तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद ऐन संशोधन अध्यादेश ल्याएर बैठक बस्न आवश्यक गणपूरक संख्या र निर्णयको प्रक्रियाका विषय संशोधन गरेका थिए । तर प्रतिनिधिसभाले पारित नगरेका कारण अध्यादेशमा उल्लेख भएको व्यवस्थाले कानुनी रुप लिन सकेन । बरु अध्यादेश निष्क्रिय भएका कारण संवैधानिक परिषदसम्बन्धी कानुनको अध्यादेशले संशोधन गरेको व्यवस्था जगाउने कामसमेत भएको छैन ।

अध्यादेशले संशोधन गरेका विषयहरुलाई संशोधन गर्न विधेयक ल्याउनुपरेको सरकारी अधिकारीहरु बताउँछन् ।

संवैधानिक परिषदसम्बन्धी संशोधन विधेयक संसदले पारित गरेपछि मात्र प्रधानन्यायाधीश नियुक्तिको बाटो खुल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?