+
+

लोक तथा दोहोरीगीत प्रतिष्ठानको महाधिवेशन धादिङमा सुरु (तस्वीरसहित)

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १२ गते १४:०३

काठमाडौं । राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको आठौं केन्द्रीय महाधिवेशन धादिङ सदरमुकाम धादिङबेसीमा सुरु भएको छ । महाधिवेशनको शुक्रबार बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमरकट्टेलले उद्घाटन गरेका छन् ।

महाधिवेशन शुभारम्भ गर्दै मुख्यमन्त्री जमरकट्टेलले मुलुकको विकासमा संगीतको योगदान अतुलनीय रहेको बताए । त्यसका लागि एकजुट भएर अघि बढ्न समेत उनले  आग्रह गरे । आफू पनि लोक तथा दोहोरीगीतको श्रोता रहेको भन्दै उनले सांस्कृतिक पक्षको सम्वद्र्धनका लागि लोकसंगीतको भूमिका महत्वपूर्ण रहेको बताए । महाधिवेशन उद्घाटनअघि बृहत र्‍याली निकालिएको थियो ।

महाधिवेशनले तीनवर्षे कार्यकालका लागि नयाँ कार्यसमिति चयन गर्नेछ । संस्थापन पक्षले रीता थापा मगरलाई अध्यक्षको उम्मेदवारको रुपमा अघि सारेको छ भने अर्का गायक पशुपति शर्मा पनि अध्यक्षका आकांक्षी छन् ।

एक हजारभन्दा बढी प्रतिनिधि सहभागी भएको प्रतिष्ठानको महाधिवेशन फागुन १४ गते समापन हुनेछ ।

तस्वीर सौजन्य : गोपीकृष्ण चापागाईं

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?