+
+

महिलाले जन्माइन् आफ्नै छोराको बच्चा !

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १२ गते १९:४९

कहिलेकाहीँ हामी यस्ता समाचार सुन्छौँ जुन पत्याउन पनि गाह्रो हुन्छ । हालै एउटा यस्ता घटना सार्वजनिक भएको छ । जहाँ एकजना महिलाले आफैले जन्माएको छोराको बच्चा पनि जन्माएकी छिन् ।

ती महिलाले जुन छोरालाई जन्माइन्, पालनपोषण गरिन् र हुर्काइन् त्यहीँ छोराको बच्चा जन्माइदिइन् । गत नोभेम्बरमा उनले आफ्नै छोराको बच्चा जन्माएकी हुन् । त्यसैले अहिले उनी हजुरआमा मात्र होइन आफ्नो छोराको बच्चाकी आमा पनि बनेकी छिन् ।

अमेरिकाको उटा राज्यमा यो घटना भएको हो । नान्सी हक नामकी महिलाले आफ्नो गर्भमा आफ्नै छोराको बच्चालाई हुर्काइरहेकी थिइन् । गत नोभेम्बरमा उनले आफ्नै नातिलाई जन्म दिइन् । तर आमा छोरामा कुनै गलत कार्य भएको थिएन ।

वास्तवमा न्यान्सीकी बुहारी क्याम्ब्रियाले सन् २०२१ मा जुम्ल्याहा बच्चा जन्माएकी थिइन् । तर बच्चा जन्माएसँगै उनमा देखिएको स्वास्थ्य समस्याका कारण शल्यक्रिया गरी उनको पाठेघर निकालियो । जुुम्ल्याहा बच्चा अगाडि पनि क्याम्ब्रिया र उनका पतिका २ सन्तान थिए । यसरी कूल ४ वटा सन्तान हुँदा पनि क्याम्ब्रिया र उनका पतिलार्ई सन्तानको रहर पुगेन । त्यो कुरा बुझेकी ५६ वर्षीया आमा न्यान्सीले छोरा बुहारीसँग कुरा गरिन् र सरोगेसीका माध्यमबाट छोराको पाँचौँ बच्चा गर्भाधारण गरिन् ।

५६ वर्षको उमेरमा पनि न्यान्सी निकै स्वस्थ रहेको र उनले जन्माएको बच्चा पनि पूर्णरुपमा स्वस्थ रहेको बताइएको छ । अनौठो त के भने छोराको बच्चा जन्माइदिनु अगाडि न्यान्सीले आफ्नै ५ बच्चा जन्माइसकेकी थिइन् । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?