+
+

जसपा सांसद रहमानको निधन

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १३ गते १३:४०

१३ फागुन, काठमाडौं । जनता समाजवादी पार्टी जसपा नेपालबाट प्रतिनिधिसभा सदस्य रहेकी सहनाज रहमानको निधन भएको छ ।

रहमानको हृदयघातका कारण भक्तपुरको मध्यपुर अस्पतालमा निधन भएको जसपाका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जानकारी दिए ।

भक्तपुरमा शुक्रबार एउटा पिकनिक कार्यक्रममा गएको बेला अचानक मुटु दुख्न थालेपछि उनलाई अस्पतालमा भर्ना गरिएकोमा अस्पतालले आज शनिबार मृत घोषणा गरेको बस्नेतले बताए ।

जसपा केन्द्रिय सदस्यसमेत रहेकी रहमान झापाकी हुन् । उनी समानुपातिकबाट सांसद बनेकी थिइन् ।

सभामुख देवराज घिमिरले अस्पताल पुगेर स्वर्गीय रहमानप्रति श्रद्धाञ्जली अर्पण गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?