+
+

प्रगति राईको उपन्यास ‘थाङ्ग्रा’ सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १४ गते ८:५२

१४ फागुन, काठमाडौं । लेखक तथा साहित्यकार प्रगति राईको उपन्यास ‘थाङ्ग्रा’ सार्वजनिक भएको छ ।

राईको उपन्यास शनिबार थापागाउँस्थित मन्डला थिएटरमा नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भूपाल राईको प्रुमुख आतिथ्यमा प्राज्ञ मुनराज शेर्मा, कैलाश राई, जेबी विश्वकर्मा र दीपा राई पुनले सार्वजनिक गरेका छन् ।

उपन्यास सार्वजनिकपछि लेखक राई, नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञ मुनराज शेर्मा, कैलाश राई, जेबी विश्वकर्माले उपन्यास माथि चर्चा गरेका थिए ।

चर्चाको क्रममा प्राज्ञ शेर्माले उपन्यास सरल र सुन्दर तरिकाले लेखिएको बताए । उनले भने, ‘उपन्यास पढ्दा राम्रो सिनेमा हेरे जस्तो लाग्छ ।’

उपन्यासमा राई समुदायभित्र महिलालाई गरिने विभेदको विषयमा शक्तिशाली र सन्देशमुलक रुपमा प्रस्तुत गरिएको शेर्माको भनाइ छ ।

त्यस्तै लेखक तथा अध्यता कैलाश राईले उपन्यासमा महिलाको चरित्रलाई विभिन्न दृष्टिकोणबाट शक्तिशाली रुपमा प्रस्तुत गरिएकोले नारीवाद उपन्यास भन्न सकिने बताइन् ।

उनले भनिन्, ‘थाङ्ग्राका उपमा महिलालाई आफै कसरी बलियो गरी उभिएर फैलिने भन्ने देखाइएको छ ।’

लेखक तथा नागरिक अभियान्त जेबी विश्वकर्माले उपन्यासले समाजको विभिन्न पाटोलाई उजागर गरेको बताए । उनी भन्छन्, ‘उपन्यास पात्रहरुले सामाजिक अन्तरघुलन बिना अन्तरजातीय विवाह सम्भव छ भनेर सोच्न बाध्य बनाउछ ।’

उपन्यासमा पुँजीवादी व्यवस्थाले महिलालाई अगाडि बढाउन भन्दा कसरी वस्तुकरण गर्छ भन्ने कुरालाई मिठासपूर्ण प्रस्तुत गरिएको उनको भनाइ थियो ।

लोकार्पण कार्यक्रममा प्रमुख अतिथि कतिपय नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति भुपाल राईले उपन्यास मार्फत उठाएइका मुद्दा र चरित्रले उपन्यास उत्कृष्ट बनेको बताए ।

लेखक राईले उपन्यासमा वैचारिकीलाई व्यवहारिक तरिकामा लेखिएको बताइन् । छलफललाई आशुतोषले सहजीकरण गरेका थिए । उपन्यासको प्रकाशन फिनिक्स बुक्सले गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?