+
+

प्रधानमन्त्री प्रचण्ड शुक्रबार कतार जाने

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १४ गते १२:२१

१४ फागुन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड यही शुक्रबार कतार जाने भएका छन् । अतिकम विकसित राष्ट्रहरुको पाँचौं सम्मेलनमा भाग लिन प्रधानमन्त्री प्रचण्ड फागुन १९ गते शुक्रबार कतार जान लागेका हुन् ।

परराष्ट्र मन्त्रालयकी प्रवक्ता सेवा लम्सालका अनुसार प्रधानमन्त्री प्रचण्डले सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम छ । सम्मेलनमा सहभागी राष्ट्र प्रमुख र सरकार प्रमुखहरुसँग पनि द्धिपक्षीय भेटवार्ता हुने तय भएको छ ।

भ्रमणमा क्रममा प्रचण्ड नेपाली समुदायले आयोजना गर्ने कार्यक्रममा पनि सहभागी हुने परराष्ट्र मन्त्रालयले जनाएको छ । प्रवक्ता लम्सालका अनुसार प्रधानमन्त्री प्रचण्ड २२ फागुनमा स्वदेश फर्किनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?