+
+

मिर्गौला रोगीको उपचारमा आर्थिक समस्या

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १४ गते २०:०१

१४ फागुन, बाजुरा । बूढीगंगा नगरपालिका–२ बजेडी बस्ने रामप्रसाद जैसी दुवै मिर्गौला फेल भएका कारण हाल भक्तपुरस्थित शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा उपचाररत छन् । त्यहाँ उनको हप्तामा दुई पटक नि:शुल्क डायलासिस हुन्छ ।

कहिलेकाहीं हप्तामा ३ पटक गर्नुपरेमा र मिर्गौला रोगीले खानुपर्ने औषधि किन्न उनलाई कठिन छ । २२ वर्षका रामप्रसादमा ८ वर्षअघि मिर्गौला समस्या देखिएको थियो । ६ वर्षसम्म औषधि सेवन गरेका थिए । तर औषधिले काम नगरेपछि दुई वर्षयता डायलासिस गराइरहेको आमा जौमतीदेवी जैसीले बताइन् । ‘अहिलेसम्म त हारगुहार गरेर ज्यान बचाएकी छु, अब भने गाह्रो हुन थाल्यो’, उनले भनिन् ।

अहिलेसम्म आफन्त र छिमेकीको सहयोगमा रामप्रसादको उपचार चल्दै आएको छ । भएको सम्पत्ति सबै छोराको उपचारमा सकेपछि अब छोराको उपचार खर्च जुटाउने केही उपाय नभएको जौमतीले बताइन् ।

घरमा आमा र छोरा मात्र छन् । रामप्रसादको बाबुको १७ वर्षअघि नै मृत्यु भइसकेको छ । अब उपचारका उपचारका लागि ऋण पाउने अवस्था पनि नभएको जौमतीले बताइन् ।

रामप्रसादलाई आमाले मिर्गौला दिन चाहेकी छन् । जाँच गर्दा आमाको रगत समूह पनि मिलेको छ । तर प्रत्यारोपणको पालो आएको छैन र पैसा पनि छैन । छोरालाई मिर्गौला प्रत्यारोपण गर्ने पालो आउँदासम्म बचाउन उनले आर्थिक सहयोगको आशा गरेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?