+
+

जहाँ छोरी पढ्ने विद्यालय बन्द गर्न बिष खुवाइयो …

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १४ गते २१:२३
Photo Credit : पिक्जाबे

१४ फागुन, तेहरान । इरानको पवित्र शहर कोममा छात्राहरूको शिक्षामा पहुँच रोक्ने उद्देश्यले ‘केही व्यक्तिले’ उनीहरूलाई विष खुवाएको यहाँका एक उपमन्त्रीले बताएका छन् ।

नोभेम्बरको अन्त्यदेखि तेहरानको दक्षिणमा पर्ने कोममा मुख्यतया विद्यालयस्तरका छात्राहरूमा श्वासप्रश्वाससम्बन्धी विषाक्तताका सयौं घटनाहरू देखा परेका छन् ।

आइतबार उपस्वास्थ्यमन्त्री युनेस पनाहीले विषाक्त पदार्थ जानीजानी खुवाइने गरिएको पुष्टि गरेका छन् ।

‘विशेषगरी छात्राविद्यालय बन्द गर्न चाहर कोमका विद्यालयमा धेरै विद्यार्थीलाई विष खुवाई केही मानिसहरुले विशेषगरी छात्राविद्यालय बन्द गर्न चाहेको भेटिएको छ,’ पानाहीलाई उद्धृत गर्दै सरकारी समाचार संस्था इरनाले जनाएको छ ।

मन्त्रीले घटनासँग सम्बन्धित कोही पनि अहिलेसम्म पक्राउ नपरेका बताए ।

गत फेब्रुअरी १४ का दिन बिरामी परेका विद्यार्थीका अभिभावकहरू शहरको प्रान्तबाहिर भेला भई अधिकारीहरूसँग ‘स्पष्टीकरण माग’ गरेका थिए ।

अर्को दिन सरकारका प्रवक्ता अली बहादोरी जाहरोमीले गुप्तचर र शिक्षा मन्त्रालयले विषाक्तताको कारण पत्ता लगाउने प्रयास गरिरहेको बताएका थिए ।

गत साता महान्यायाधिवक्ता मोहम्मद जाफर मोन्टेजेरीले घटनाको न्यायिक छानबिन गर्न आदेश दिएका थिए ।

गत डिसेम्बर १६ मा २२ वर्षीया इरानी कुर्द महसा अमिनीको हिरासतमा मृत्यु भएपछि इरानमा महिलाका लागि कडा ड्रेस कोडको उल्लङ्घन गरेको भन्दै विरोध प्रदर्शन भइरहेका बेला उक्त विषाक्ततासम्बन्धि घटना आएको हो । सिन्ह्वा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?