+
+

७ महिनामा अर्थ विविधबाट सवा २१ अर्ब निकासा, कोरोना बीमामा १ अर्ब

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १५ गते १४:३३

१५ फागुन, काठमाडौं । सरकारले चालु आव २०७९/८० को ७ महिनाको अवधिमा अर्थ विविधबाट सवा २१ अर्ब रुपैयाँ निकासा गरेको छ । जसमा कोरोना बीमावापत दिइएको १ अर्ब रुपैयाँ निकासा समेत समावेश छ ।

अर्थ मन्त्रालयका अनुसार अर्थ विविधबाट माघसम्म २१ अर्ब २० करोड ६५ लाख २५ रुपैयाँ निकासा दिइएको छ । जसमा धरौटी फिर्ता, न्यायिक निर्णय अनुसार हुने कर तथा धरौती फिर्ता, विभिन्न प्रतिनिधिमण्डलको भ्रमण खर्च तथा निर्वाचनमा भएको निकासा खर्च समेत समावेश छ ।

निर्वाचनमा निर्वाचन आयोग, गृह मन्त्रालय, नेपाली सेनासहितका निकायले थप निकासा लिएका थिए । नवौं राष्ट्रिय खेलकुदमा भएको खर्च १० करोड रुपैयाँ समेत निकासा दिइएको छ । यसै आवमा नेपाल प्रेस यूनियनको नवौं राष्ट्रिय महाधिवेशनका लागि सरकारले ३० लाख रुपैयाँ निकासा दिएको थियो ।

यसबीचमा मदन भण्डारी फाउण्डेसनलाई ५ करोड निकासा दिइएको अर्थ मन्त्रालयले जनाएको छ । यो निकासमा पाकिस्तानमा आएको बाढीले पुर्‍याएको क्षतिमा सरकारले दिएको राहतवापतको २ करोड रुपैयाँ समेत समावेश छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?