+
+
Shares

सामाजिक सञ्जालबाट विश्राम लिने सेलेना गोमेजको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १५ गते १४:५९

काठमाडौं । अमेरिकी गायिका सेलेना गोमेजले सामाजिक सञ्जालबाट विश्राम लिने घोषणा गरेकी छन् । पूर्वप्रेमी जस्टिन बिबरकी पत्नी हेली बिबरसँगको हालैको विवादपछि उनले फ्यानलाई सामाजिक सञ्जालबाट टाढा हुने निर्णयबारे जानकारी गराएकी हुन् । उनको यो घोषणामा फ्यानले प्रतिक्रिया दिएका छन् ।

इन्स्टाग्राममा धेरै पछ्याइने महिलाको कीर्तिमान राखेको केही दिनमै सेलेनाले दोस्रोपटक सामाजिक सञ्जालबाट टाढिन लागेको जनाएकी हुन् । पूर्वप्रेमी जस्टिन बिबरकी पत्नी हेलीसँग चलिरहेको ‘आँखी भौं’ विवादमा उनी संलग्न थिइन् । यो घटना टिकटकमा सेलेनाको स्वीकारोक्तिबाट सुरु भएको हो जुन संयोगवश उनको आइब्रो ‘ओभर–लेमिनेट’ गरिएको थियो ।

प्रतिक्रियामा अर्की सेलिब्रिटी काइली जेनरले तस्वीर पोस्ट गर्दै क्याप्सन लेखेकी थिइन्, ‘के यो एक दुर्घटना थियो ?’ साथै उनले सेलेना र हेलीको तस्वीरमाथि पनि टिप्पणी गरेकी थिइन् । काइली जेनर र हेली बिबरसँग झगडापछि सेलेनालाई कठिन भएको हुनसक्ने अड्कल काटिएको छ । फ्यानले सामाजिक सञ्जालबाट टाढा हुने सेलेनाको निर्णयलाई समर्थन गरेका छन् ।

ट्विटर प्रयोगकर्ताले काइली र हेलीलाई उनीहरूको कार्यको लागि आलोचना गरेका छन् । बिना कारण सेलेनालाई दुव्र्यवहार गरेको आरोपसहित यी दुई जनाविरुद्ध फ्यान उत्रिएका थिए । ‘काइली जेनर र हेली बिबर, सेलेना गोमेज, आमा र श्रीमतीप्रति हाईस्कुलको धम्कीजस्तै व्यवहार गर्नु, पूर्ण रूपमा अस्वीकार्य छ,’ फ्यानहरुको कमेन्ट छ, ‘तपाईंलाई यो दुर्घटना थियो भन्ने लाग्छ भने तपाईं केवल मतलबी हुनुहुन्छ ।’

सेलेनाले बिहीबार टिकटकमा लाइभमा आफूले सामाजिक सञ्जालबाट विश्राम लिने भन्दै फ्यानलाई जानकारी गराएकी थिइन् । उनले भनिन्, ‘म दोस्रोपटक सामाजिक सञ्जालबाट विश्राम लिन गइरहेको छु किनभने यो केही खराबजस्तो लाग्यो । म ३० वर्ष पुगें र मेरा लागि यो काम उपयुक्त होइन । म तपाईंहरु सबैलाई माया गर्छु र चाँडै फर्कनेछु ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?