+
+

खानेपानीमा राजनीति नगर्न मन्त्री खानको चेतावनी

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १५ गते १५:०३

१५ फागुन, काठमाडौं । खानेपानी मन्त्री अब्दुल खानले खानेपानीमा राजनीति नगर्न संस्थानका कर्मचारीहरुलाई निर्देशन दिएका छन् ।

नेपाल खानेपानी संस्थानको ३४ औं वार्षिकोत्सव समारोहलाई सम्बोधन गर्दै मन्त्री खानले संस्थानलाई राजनीतिक अखडा बनाए सह्य नहुने चेतावनी दिए ।

खानेपानी संस्थान आम सर्वसाधारणहरुलाई स्वच्छ र सफा खानेपानी वितरणका लागि निर्माण भएकाले त्यसलाई राजनीतिक अखडा बनाउन नहुने उनको भनाइ छ ।

‘नेपालको राणाकालीन अवस्थादेखि खानेपानीको वृत्तमा सञ्चालन भएको खानेपानीको अवस्थाका देशका विभिन्न भागमा सञ्चालन छ । तर राजनीतिको अखडा नबनाउँ,’ उनले भने, ‘राजनीति गर्नु नै छ भने फिल्डमा आउनुस्, अरु पार्टीमा स्थान दिएनन् भने म मेरो पार्टीमा राम्रो स्थान दिन्छु । तर खानेपानीमा राजनीति नगर्नुस् ।’

खानेपानीका लागि बजेट नछ्ुट्याए र प्राथमिकतामा नराखे आफैं त्यसको नेतृत्व गरेर प्रधानमन्त्री र अर्थमन्त्रीको कार्यालयमा घेर्न जाने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?