+

सन्दीपलाई यूएई पठाउने प्रयासमा क्रिकेट संघ

२०७९ फागुन  १५ गते १८:३१ २०७९ फागुन १५ गते १८:३१
सन्दीपलाई यूएई पठाउने प्रयासमा क्रिकेट संघ

१५ फागुन, काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले क्रिकेटर सन्दीप लामिछानेलाई यूएई टूरमा पठाउने प्रयास हुने बताएको छ ।

सर्वोच्च अदालतले सोमबार मात्र लामिछानेलाई धरौटीमा छाड्ने उच्च अदालतको आदेश सदर गरेको छ । साथै सर्वोच्चले क्रिकेट खेल्न विदेश जाने अनुमति समेत दिएको छ ।

क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दका अनुसार अब सन्दीपलाई लिग टूको त्रिकोणात्मक सिरिज खेल्न यूएई पठाउने प्रयास हुनेछ ।

उनले भने, ‘रिप्लेसमेन्टमा पठाउने हाम्रो प्रयास छ, तर प्रक्रियागत रुपमा आईसीसीले के गर्छ, थाहा छैन ।’

लिग टूमा नेपालले नामिबिया र यूएईसँग त्रिकोणात्मक सिरिज खेल्दैछ ।

सन्दीप लामिछाने
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय