
फागुन १५, काठमाडौं । नेपाल क्रिकेट संघ क्यानले विधान विपरीत संघका विरुद्धमा पत्रकार सम्मेलन गर्ने र विभिन्न निकायमा गई संघलाई नै बदनाम र निलम्वन गराउने प्रयास गरेको भन्दै ५ जना केन्द्रीय सदस्यलाई स्पष्टीकरण सोध्ने भएको छ ।
सुर्खेतको विरेन्द्रनगरमा भएको साधारण सभाले संजयराज सिंह, मो. दाउद अन्सारी, ऋषिराम गौतम, अमितवीर पाण्डे र करण महतारा क्षेत्रीले नेपाल क्रिकेट संघको विधान विपरीत संघका विरुद्धमा क्रियाकलाप गरिरहेको भन्दै स्पष्टीकरण सोध्ने निर्णय गरेको हो ।
चित्त बुझ्दो स्पष्टीकरण नआएमा उनीहरूलाई निलम्बनसमेत गर्न साधारणसभाले केन्द्रीय कार्यसमितिलाई निर्देशन गरेको क्यानले जनाएको छ ।
पोखरामा भएको बोर्ड बैठकमा सहभागी नभएका उनीहरुसहित राखेपबाट मनोनित छुम्बी लामा र धर्मराज गिरी सुर्खेतको साधारण सभामा समेत उपस्थित भएनन् ।
उनीहरुले ले विधानमा तोकिए बमोजिम काम, कर्तव्य र अधिकार विपरित कार्यसमिति बैठकमा उपस्थित नहुने साथै नेपाल क्रिकेट संघको सर्वोच्च निकाय केन्द्रीय साधारणसभामा समेत उपस्थित नभएर गम्भीर त्रुटी गरेको ठहर साधारणसभाले गरेको छ ।
यस्तै क्यनले बागमती प्रदेश क्रिकेट संघका अध्यक्ष राजु बस्न्यातले नेपाल क्रिकेट संघको कार्यसमितिलाई निलम्वन गरिपाउँ भनी राष्ट्रिय खेलकुद परिषदमा निवेदन दिएको भन्दै यसबारेमा उनीसँग स्पष्टीकरण सोध्नुपर्ने र काठमाडौं जिल्ला क्रिकेट संघले केन्द्रीय कार्यसमितिको निर्देशनको उलंघन गर्दै केन्द्रीय साधारणसभामा प्रतिनिधिनै नपठाएकाले काठमाडौं जिल्ला क्रिकेट संघलाई समेत स्पष्टीकरण सोध्न साधारणा सभाले निर्देशन गरेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4