+
+

सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल दक्षिण सुडान प्रस्थान

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १५ गते २०:३३

फागुन १५, काठमाडौं । सशस्त्र प्रहरी महानिरीक्षक राजु अर्याल मेडल परेडमा भाग लिन सोमबार अफ्रिकी मुलुक दक्षिण सुडानतर्फ प्रस्थान गरेका छन् । सुडानमा सशस्त्र प्रहरी बल नेपालको फर्म्ड पुलिस युनिट (एफपीयु) तैनाथ छ ।

मेडल परेडको साथसाथै सशस्त्र प्रहरी बल नेपालको थप मिसन तैनाथी तथा अहिलेको मिसनमा जनशक्ति थप गर्ने विषयमा समेत महानिरीक्षक अर्यालले संयुक्त राष्ट्र संघका प्रतिनिधिहरुसँग भेटवार्ता र छलफल गर्ने छन् ।

मिसन थप गरी बढिभन्दा बढि तल्लो तहका कर्मचारीहरुलाई प्राथमिकतामा राखी मिसनको अवसर प्रदान गर्नेमा महानिरीक्षक अर्यालको जोड रहेको सशस्त्रका डीएसपी तथा सहप्रवक्ता शैलेन्द्र थापाले जानकारी दिएका छन् ।

सन् २००३ बाट सशस्त्र प्रहरी बल यूएन मिसन अन्तर्गत पहिलो पटक लाइवेरियामा खटिएको थियो । सो मिसन सन् २०१६ मा बन्द भएको हो । त्यसअघिदक्षिण सुडानको जुवामा सन् २०१४ मा सशस्त्र प्रहरी बल नेपाललाई थप मिसन प्राप्त भएको थियो । सो मिसनको पहिलो कमाण्डरको रुपमा महानिरीक्षक अर्यालले सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक दर्जामा रहँदा कमाण्ड सम्हालेका थिए ।

सो मिसनमा हाल १ सय ८० जना सशस्त्र प्रहरी कर्मचारी कार्यरत छन् । सन् २०१६ मा दक्षिण सुडानकै दोश्रो एफपीयु मिसनको रुपमा बोर र वाउमा १ सय ४० जनाको टोली तैनाथ रहेकोमा सन् २०२१ मा सो मिसन समेत बन्द भएको छ । लामो समयदेखि माली मिसनको चर्चा चले पनि महानिरीक्षक अर्यालले नेतृत्व सम्हालेदेखि नै सो मिसनबारे प्राथमिकता दिई विशेष पहल र चासो राखेपछि सशस्त्र प्रहरी बल नेपालको तर्फबाट अफ्रिकी मुलुक माली मिसनको लागि १ सय ४० जनाको टोली तयारी हालतमा राखिएको छ भने सो टोली निकट भविष्यमा त्यसतर्फ प्रस्थान गर्ने थापाले बताए ।

सोमबार सुडानतर्फ प्रस्थान गरेका महानिरीक्षक अर्याललाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणदत्त पौडेल, लगायत बलका बरिष्ठ अधिकृतहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा हार्दिक बिदाइ गरेका थिए ।

सशस्त्र प्रहरी महानिरीक्षक अर्यालको अनुपस्थितीमा संगठनको नेतृत्व सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक पौडेलले सम्हाल्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?