+
+

सीतापाइलामा सीके सिनेमाज् मल्टिप्लेक्स हल सञ्चालनमा आउँदै

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १६ गते १८:०३

काठमाडौं । काठमाडौंको सीतापाइलामा आगामी शुक्रबारदेखि अत्याधुनिक मल्टिप्लेक्स फिल्म हल सञ्चालनमा आउने भएको छ । नागार्जुन नगरपालिका–४ स्थित अनुपम मलमा हालै निर्माण भएको दुई अडिटोरियमसहितको सीके सिनेमाज् सञ्चालनमा आउने भएको हो ।

रञ्जना र कीर्तिपुर मल्टिप्लेक्सका सञ्चालक तथा नेपाल चलचित्र संघका महासचिव नरेन्द्र महर्जनले हल सञ्चालनमा ल्याउन लागेका हुन् । ३९१ सिट क्षमताका दुई हलमा अत्याधुनिक प्रोजेक्सन र ध्वनि प्रणाली जडान गरिएको सञ्चालक महर्जनले बताए । उनका अनुसार हलमा डल्बी एटमस ७.१ साउण्ड सिस्टमसहित थ्रीडी प्रविधि जडान गरिएको छ । ‘दर्शकले सुविधाजनक ढंगले फिल्म हेर्न सक्नुहुन्छ,’ महर्जनले अनलाइनखबरसँग भने ।

आगामी बिहीबार चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले हल शुभारम्भ गर्ने कार्यक्रम छ । शुक्रबारदेखि ‘छक्कापञ्जा ४’, ‘छड्के २’ र ‘क्रिड ३’ प्रदर्शन हुँदैछन् । उक्त हल सञ्चालनमा आउँदा स्वयम्भू, सीतापाइला, कलंकी, थानकोटलगायत क्षेत्रका दर्शक लाभान्वित हुने महर्जनले बताए ।

तस्वीरहरु

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?