+
+

दाङमा लघुवित्त पीडितले दिए प्रशासनमा धर्ना

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १६ गते १९:३१

१६ फागुन, दाङ । लघुवित्त संस्थाबाट पीडितहरुले जिल्ला प्रशासन कार्यालय दाङमा धर्ना दिएका छन् । लघुवित्त संस्थाहरुले ज्यादती गरेको भन्दै त्यस विरुद्धमा पीडितहरुले मंगलवार दिउँसो जिल्ला प्रशासन कार्यालय अघि धर्ना दिएका हुन् ।

लघुवित्तीय संस्थाहरुले लगाएको सामुहिक ऋण मिनाह गर्नुपर्ने, लघु वित्तीयको ज्यादती रोक्नुपर्ने र गरिब र किसानहरुलाई निशुल्क ऋण उपलब्ध गराउनुपर्ने माग राख्दै पीडितले प्ले कार्ड पनि प्रदर्शन गरे ।

लघुवित्तिय संस्था विरुद्धको संघर्ष समितिकी केन्द्रीय अध्यक्ष पार्वती नेपालीले लघु वित्तिय संस्थाहरु गरिब मारा भएको बताइन् ।

‘लघुवित्तले सोझा महिलाहरुको विचल्ली बनाएको छ’ उनले भनिन्, ‘लिएको भन्दा बढी तिर्दा पनि ऋण सकिँदैन । पीडित महिला घर न घाट भएका छन् ।’

उनले लघु वित्तको फन्दामा परेका सोझा महिलाहरु लघु वित्तियको ज्यादती सहन नसकेर घर नै छोडेर भाग्नुपर्ने अवस्था आएको बताइन् । ‘पीडितहरु राता रात घर छोडेर भागेका छन्, कति लुकेर बसेका छन्, कतिले आत्महत्या पनि गरे’ उनले भनिन्, ‘यो ज्यादती कहिलेसम्म भोग्ने ?’

लघु वित्तको ज्यादती अन्त्य नगरे र लगाएको ऋण मिनाह नगरे आन्दोलन थप चर्काउने चेतावनी उनीहरुले दिएका छन् ।

लघुवित्तको दलदल
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?