+
+

एन्फा बैठकमा विवाद, पदाधिकारीबीच झण्डै हात हालाहाल

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १७ गते १२:३६
एन्फा बैठकको फाइल तस्वीर ।

१७ फागुन, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा)को कार्यसमितिमा चर्को विवाद भएको छ । संस्थापन र असन्तुष्ट पक्षबीच झण्डै हात हालाहातको अवस्था बनेको थियो । त्यसक्रममा टेबलको सिसा समेत फुटेको छ ।

२१ सदस्यीय कार्यसमितिका १० जनाले महासचिव किरण राई र कोषाध्यक्ष रविन्द्र जोशीको बर्खास्तीलाई बैठकको एजेण्डा बनाउन माग गरेका थिए । तर अध्यक्ष पंकजविक्रम नेम्वाङले एजेण्डामा नराख्ने निर्णय गरे । कार्यसमितिको बुधबार सुरु भएको बैठकमा नेम्वाङले आफूले अध्यक्षको अधिकार प्रयोग गरेर यसलाई एजेण्डामा समावेश नगरेको बताएका थिए ।

तर असन्तुष्ट पक्ष सहमत भएनन् । त्यसक्रममा उपाध्यक्षद्वय दीर्घबहादुर केसी र दावा लामा लगायतका बीचमा भनाभन भएको थियो । एक जनाले टेबल ठोक्दा सिसा नै फुटेको छ । ‘झण्डै हात हालाहालको अवस्था थियो,’ स्रोतले भन्छ ।

आफूहरुको मागअनुसार महासचिव र कोषाध्यक्षको बर्खास्तीलाई बैठकको एजेण्डा नबनाएको भन्दै १० जनाले उपस्थितिमा हस्ताक्षर गरेका छैनन् । असन्तुष्ट १२ जनामध्ये मनिष जोशी देश बाहिर छन् भने सरिला श्रेष्ठ संस्थापनतिर उभिएकी छन् । बैठकमा उपस्थितमध्ये १०/१० जना बाँडिएका छन् ।

असन्तुष्ट पक्षको बैठकले अध्यक्ष अल्पमतमा परेको भन्दै बैठकको बैधानिकतामै प्रश्न उठाएका छन् । संस्थापन पक्षले भने अध्यक्ष नेम्वाङसहित १० जनाको सहमति भएको भन्दै बैठक चलाएका छन् ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

छुटाउनुभयो कि ?