+
+

प्रदेश १ : संसद भित्र नाममाथि छलफल, बाहिर प्रदर्शन

हरि अधिकारी हरि अधिकारी
२०७९ फागुन १७ गते १८:५८

१७ फागुन, विराटनगर । प्रदेश १ प्रदेशसभा बैठकमा नामकरणका विषयमा छलफल चलिरहँदा बाहिर भने पहिचान पक्षधरले प्रदर्शन गरेका छन् ।

लिम्बुवान, किराँत संयुक्त संघर्ष समितिलगायतले प्रदेशसभा भवन नजिकै विराटनगरको देवकोटा चोकमा पहिचानका आधारमा प्रदेशको नामकरण हुनुपर्ने माग राखेर प्रदर्शन गरेका हुन् ।

प्रदेश १ को नाम कोशी राख्ने तयारी छ । नेकपा एमाले, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र तीनवटै दल यो नाममा सहमत छन् । एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले किरात लिम्बूवान सगरमाथा प्रदेशको प्रस्ताव गरेको थियो, जसलाई प्रदेशसभाले छलपल गर्न पनि आवश्यक ठानेन ।

नेकपा एमालेले दर्ता गरेको कोशी प्रदेशको पक्षमा एमाले, कांग्रेस, माओवादी केन्द्र र राप्रपाले मतदान गर्ने तयारी गरेका छन् ।

९३ सदस्यीय प्रदेशसभामा नामकरणका लागि दुई तिहाई मत आवश्यक पर्छ । एमालेको ४०, कांग्रेसको २९, माओवादी केन्द्रका १३ र राप्रपाका ६ सांसद कोसी प्रदेशको पक्षमा छन् ।

नेकपा एकीकृत समाजवादीका ४ र जसपाका एक सांसद किरात लिम्बूवान सगरमाथा राख्नुपर्ने पक्षमा छन् ।

प्रदेशसभामा छलफलका क्रममा जसपा सांसद निर्मला लिम्बू पहिचानका आधारमा नाम नराखेको भन्दै सम्बोधनका क्रममा रोएकी थिइन् ।

लेखकको बारेमा
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?