+
+

क्रिकेटमा नेपालका दुवै टोली यूएईविरुद्ध खेल्दै

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १८ गते ६:५२

१८ फागुन, काठमाडौं । नेपाली क्रिकेटका लागि आज महत्वपूर्ण दिन रहनेछ । नेपालको सिनियर र उमेर समूहको दुवै राष्ट्रिय टोलीले आज यूएईसँग खेल्दैछन् । दुवै खेल यूएईमै हुँदैछ । र, दुवै टोलीलको अन्तिम लक्ष्य विश्वकप नै छ ।

सिनियर टोलीको तुलनामा जुनियर टोली विश्वकपको निकै नजिक छ । त्यसैले यू-१९ टोलीको खेल निकै महतवपूर्ण हुनेछ ।

अर्को वर्ष श्रीलंकामा हुने यू-१९ विश्वकपका लागि भइरहेको एसिया क्षेत्रको छनोटको अन्तिम खेलमा आज नेपाल र यूएई खेल्दैछन् । राउण्ड रोविन लिगको अन्तिम खेल भए पनि यो खेल फाइनल जस्तै हुनेछ ।

६ राष्ट्र सहभागी छनोटबाट शीर्ष स्थानमा रहने एक टिम मात्र विश्वकपमा पुग्नेछन् । त्यसैल नेपालका लागि यो खेल जित्नैपर्ने अवस्था छ ।

उता नेपालको सिनियर टोली अहिले लिग टु अन्तर्गत शृङ्खला खेल्न यूएईमा छ । नेपालले पहिलो खेलमा पपुवा न्यु गिनीलाई पराजित गरिसकेको छ ।

लिग टु को शीर्ष तीनमा रहँदै आगामी जुन–जुलाईमा जिम्बावेमा हुने विश्वकप छनोटमा स्थान बनाउने लक्ष्यमा रहेको नेपाललाई यूएईविरुद्धको खेल पनि जित्नैपर्ने छ ।

यस खेल जितेमा नेपालको ३० खेलबाट 3० अंक हुनेछ र नेपाल यूएईलाई पछि पार्दै ७ राष्ट्र सहभागी लिग टु मा पाँचौ स्थानमा समेत उक्लनेछ ।

नेपालले अब ७ खेल खेल्न बाँकी छ । जसमध्ये ६ खेल जितेमा नेपाल शीर्ष तीनमा पुग्नेछ । यूएईका लागि पनि शीर्ष ३ मा स्थान बनाउन बाँकी ७ मध्ये ६ खेल जित्नैपर्ने अवस्था छ । यूएई शृङ्खलाको पहिलो खेलमा पपुवा न्यु गिनीसँग पराजित भएको थियो ।

यूएई २९ खेलबाट २९ अंकसहित पाँचौ स्थानमा छ । ३० खेलबाट ७ अंक रहेको पपुवा न्यु गिनी अंकतालिकामा पुछारमा रहने पक्का भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?