+
+

उपप्रधानमन्त्री श्रेष्ठ र भारतीय राजदूतले गरे कमलविनायक-नगरकोट सडक अनुगमन

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १८ गते ११:०२

१८ फागुन, काठमाडौं । उपप्रधानमन्त्री एवम् भौतिक पूर्वाधार तथा यातायात मन्त्री नारायणकाजी श्रेष्ठ र नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसहितको टोलीले भक्तपुरको कमलविनायक-नगरकोट सडकखण्ड अनुगमन गरेका छन् ।

अनुगमन टोलीमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव, सडक विभागका डिजी, सम्बन्धित आयोजना प्रमुख, ठेक्का पाएका निर्माण कम्पनीका प्रतिनिधिसमेत छन् । यो सडक आयोजनामा भारतीय एक्जिम बैंकको आर्थिक सहयोग रहेकाले स्थलगत अनुगमन टोलीमा राजदूत श्रीवास्तव पनि सहभागी भएका हुन् ।

कमलविनायक, भत्केको पाटीदेखि नगरकोटसम्मै पुगेर सडकको स्थलगत अनुगमन हुने उपप्रधानमन्त्री श्रेष्ठका प्रेस संयोजक कमल गिरीले जानकारी दिए ।

कमलविनायक-नगरकोट सडकखण्ड शैलुङ कन्स्ट्रक्सनले ठेक्का पाएको छ । पटक-पटक म्याद थप्दा पनि काम सम्पन्न नहुँदा यो रुग्ण आयोजनामा परेको छ । निर्माणको ढिलासुस्तीबाट जनताले वर्षौंदेखि सास्ती खेपिरहेका छन् ।

उपप्रधानमन्त्री श्रेष्ठले स्पष्टीकरण माग्दा निर्माण कम्पनीले आगामी चैत मसान्तसम्म सबै काम सम्पन्न गर्ने बाचा गरेको थियो । त्यसैको प्रगतिबारे स्थलगत जानकारी लिन अनुगमन गरिएको उपप्रधानमन्त्री श्रेष्ठको सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?