+
+

शाहरुख पत्नी गौरीविरुद्ध प्रहरीमा उजुरी, धोखाधडीको आरोप

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १८ गते १२:३८

काठमाडौं । बलिउड सुपरस्टार शाहरुख खानकी श्रीमती गौरी कानुनी विवादमा परेकी छन् । लखनऊमा एक व्यक्तिले गौरीसहित तीन जनाविरुद्ध उजुरी (एफआईआर) दर्ता गरेका छन् । गौरीविरुद्ध आईपीसीको धारा ४०९ अन्तर्गत मुद्दा दर्ता गरिएको छ ।

गौरीको ब्रान्ड एम्बेसडर रहेको कम्पनी (तुल्स्यानी कन्स्ट्रक्सन एन्ड डेभलपर्स लिमिटेड) ले ८६ लाख रुपैयाँ लिए पनि अहिलेसम्म फ्ल्याट नदिएको मुम्बईका जसवन्त शाह नामका व्यक्तिले आरोप लगाएका छन् । यो फ्ल्याट तुलसियानी गोल्ड भ्यु, सुशान्त गल्फ सिटी, लखनऊमा अवस्थित छ । गौरीले पैसा हिनामिना गरेको आरोप लगाउँदै ती व्यक्तिले लखनऊको एक प्रहरी चौकीमा उजुरी दिएका छन् ।

मिडिया विवरणअनुसार उक्त व्यक्तिले उजुरीमा आफूसँग पैसा लिएपनि यो फ्ल्याट अरु कसैलाई दिएको दाबी गरेका छन् । उजुरीकर्ताले गौरीबाहेक तुलस्यानी कन्स्ट्रक्सन एण्ड डेभलपमेन्ट लिमिटेडका प्रमुख एमडी अनिलकुमार तुलस्यानी र निर्देशक महेश तुलस्यानीविरुद्ध पनि किटानी जाहेरी दिएका छन् । ब्राण्ड एम्बेसडर गौरीको प्रचारबाट प्रभावित भएर शाहले उक्त फ्ल्याट किनेको उजुरीमा उल्लेख छ ।

गौरीको आफ्नै कम्पनी ‘गौरी खान डिजाइन्स’ छ । उनी बी–टाउनकी उत्कृष्ट इन्टेरियर डिजाइनर हुन्, जसले धेरै प्रसिद्ध सेलिब्रिटीको घर डिजाइन गरेकी छन् । लखनऊमा परेको उजुरीबारे गौरीलाई कुनै जानकारी छैन । उनी यस ब्रान्डकी एम्बेसडर मात्र हुन्, त्यसैले उनको नाममा पनि एफआईआर दर्ता गरिएको छ । यद्यपि गौरी खानको तर्फबाट अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?