+
+

प्रभु स्मार्ट फण्डको बिक्री आजदेखि

१० वर्षको अवधिमा २५५ प्रतिशत लाभांश बाँड्ने लक्ष्य

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १८ गते १३:३५

१८ फागुन, काठमाडौं । प्रभु क्यापिटल सामूहिक लगानी कोष अन्तरगत दोश्रो योजना प्रभु स्मार्ट फण्डको निष्कासन तथा बिक्री खुला बिहीबारदेखि सुरु भएको छ । प्रभु क्यापिटलको व्यवस्थापनमा सञ्चालनमा आउन लागेको यस फण्डले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा ८० करोड बराबरको ८ करोड इकाई जारी गर्न लागेको हो ।

यो योजनाको कोष प्रवर्द्धक प्रभु बैंक लिमिटेड रहेको छ भने योजना व्यवस्थापक प्रभु क्यापिटल लिमिटेड रहेको छ । यो योजना एक बन्दमुखी योजना हो । यस योजनाले इकाई बिक्रीबाट संकलित रकमको ३५ देखि ९० प्रतिशतसम्म सेयरमा लगानी गर्ने छ अर्थात यो एक इक्विटी ओरिएण्डेड योजना हो ।

निष्कासित कुल ८ करोड इकाईमध्ये कोष प्रवद्र्धक प्रभु बैंक लिमिटेडले १ करोड १२ लाख इकाई र कोष व्यवस्थापक प्रभु क्यापिटल लिमिटेडले ८ लाख इकाई गरी कुल १ करोड २० लाख इकाई सुरक्षित गरिएको छ । बाँकी ६ करोड ८० लाख इकाईका लागि सर्वसाधरणले बिहीबारदेखि आवेदन दिन सक्नेछन् । फण्डको इकाईमा इच्छुक लगानीकर्ताले छिटोमा २३ फागुनसम्म आवेदन दिन सक्नेछन् भने सो अवधिमा सबै इकाईका लागि आवेदन नपरेको खण्डमा भने ढिलोमा ३ चैतसम्म इकाई बिक्री खुला रहने क्यापिटलले बताएको छ ।

नेपालको सेयरबजारमा धेरै सेक्टरका शेयरहरु सूचीकृत भई कारोबारमा रहेका छन् । त्यसमध्येका कम्पनीको व्यवसायिक वृद्धिदर उच्च रहेको, नियमित रुपमा उच्च प्रतिफल प्रदान गर्न सक्ने, वित्तिय अवस्था सवल भएको कम्पनीहरु छनौट गरी ती मध्ये उत्कृष्ट कम्पनीहरुको सयरमा लगानी गरी नियमित खरिद बिक्री गर्ने भएकाले यो योजनाको नाम प्रभु स्मार्ट फण्ड राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?