+
+

खप्तड र धौलागिरी लघुवित्तबीच मर्जरको अन्तिम सम्झौता

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १८ गते १६:४५

१८ फागुन, काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्था लिमिटेड र धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेडबीच गाभ्ने गाभिने (मर्जर) सम्बन्धी अन्तिम सम्झौता पत्रमा बुधबार हस्ताक्षर भएको छ ।

दुई संस्थाबीच गाभ्ने गाभिने मर्जरसम्बन्धी समझदारी पत्रमा १८ मंसिरमा हस्ताक्षर भएको थियो भने १७ पुसमा नेपाल राष्ट्र बैंकले सैद्धान्तिक सहमति दिएको थियो ।

अन्तिम सम्झौता पत्रमा खप्तड लघुवित्त वित्तीय संस्थाका सञ्चालक समिति अध्यक्ष सुमनप्रसाद श्रेष्ठ र धौलागिरी लघुवित्त बित्तीय संस्थाका सञ्चालक समिति अध्यक्ष इश्वरलाल राजभण्डारीले हस्ताक्षर गरे ।

धौलागिरी लघुवित्त वित्तिय संस्थाले २४-२९ साउनसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता सेयर निष्कासन गरेको थियो । कुल कित्ताको ५ प्रतिशतले हुनआउने १६ हजार ५५० कित्ता सेयर सामूहिक लगानी कोष र ०.५ प्रतिशतले हुनआउने ५ हजार १५५ कित्ता कर्मचारीका लागि सुरक्षित गरी बाँकी ३ लाख ९ हजार २९५ कित्ता सर्वसाधारणलाई बिक्री गरिएको थियो ।

खप्तड लघुवित्त वित्तीय संस्थाले ८-१२ भदौसम्म सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ अंकित दरमा १ करोड ३२ लाख रुपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता सेयर निष्कासन गरेको थियो । जारी पूँजीको ०.५प्रतिशतअर्थात २ हजार कर्मचारी र सर्वसाधारणका लागि छुट्याइएको सेयरमध्ये ५ प्रतिशतअर्थात ६ हजार ६०० कित्ता सेयर सामूहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी १ लाख २३ हजार ४०० कित्ता सर्वसाधारणलाई छुट्याइएको थियो ।

खप्तड लघुवित्तको केन्द्रीय कार्यालय कैलालीको गोदावरीमा रहेको छ भने धौलागिरी लघुवित्त वित्तीय संस्थाको केन्द्रीय कार्यालय बागलुङ नगरपालिकामा रहेकाे छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?