+
+

कालिमाटीमा सञ्चालित विषादी विश्लेषण प्रयोगशालाको निरीक्षण

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १८ गते १७:५२

१८ फागुन, काठमाडौं । काठमाडौंको कालिमाटीमा सञ्चालित विषादी विश्लेषण प्रयोगशालाको बिहीबार सरकारी टोलीले निरीक्षण गरेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्‍को कार्यालयको समन्वय र कृषि तथा पशुपन्छी विकास मन्त्रालयको नेतृत्वमा गएको टोलीले फलफूल तथा तरकारीमा विषादी परीक्षणका लागि सञ्चालित विषादी अवशेष द्रूत विश्लेषण प्रयोगशालाको अनुगमन गरेको हो ।

कृषि मन्त्रालयको कृषि प्रयोगशाला अन्तर्गत सञ्चालन हुँदै आएको उक्त प्रयोगशालाले तरकारी तथा फलफूलमा विषादी परीक्षणको गुणस्तरीयता तथा प्रभावकारिताबारे अध्ययन गर्दै आइरहेको छ ।

अनुगमनको नेतृत्व कृषि मन्त्रालयका सहसचिव कालिप्रसाद पराजुलीले गरेका थिए । सो क्रममा अनुमगन टोलीले प्रयोगशालाको सेवा प्रभावकारिता वृद्धि गर्ने विषयमा हाल देखिएका समस्या तथा चुनौतीहरूका बारेमा प्रतिवेदन पेश गर्न केन्द्रीय प्रयोगशाला तथा विषादी अवशेष द्रूत विश्लेषण केन्द्रलाई निर्देशन दिएको छ ।

प्रयोगशालाले हाल दैनिक १० देखि १२ वटा नमुनाको अध्ययन गरी तरकारी तथा फलफूलको गुणस्तरीयता सुनिश्चित गर्दै आइरहेको छ ।

केन्द्रीय कृषि प्रयोगशालामार्फत् हाल कालिमाटीका अतिरिक्त देशका सात वटा स्थानमा प्रयोगशालामार्फत तरकारी तथा फलफूलको गुणस्तरीयता जाँच हुँदै आएको छ ।

केन्द्रले प्रस्तुत गर्ने प्रतिवेदनका आधारमा थप छलफल गरी देशैभरि प्रयोगशाला विस्तार तथा स्थापना भएका प्रयोगशालालाई प्रभावकारी तथा गुणस्तरीय रूपमा सञ्चालन गर्न कार्ययोजना निर्माण गरी कार्यान्वयन गरिने अनुगमन टोलीले बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?