News Summary
Generated by OK AI. Editorially reviewed.- कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सोमबार स्कुस र पिँडालुको भाउ बढेको तथ्यांक सार्वजनिक गरेको छ।
- सोमबार स्कुसको भाउ प्रतिकिलो थोकमा २५ रुपैयाँबाट ३५ रुपैयाँ पुगेको छ।
- पिँडालुको भाउ पनि सोमबार प्रतिकिलो थोकमा ९५ रुपैयाँबाट १०० रुपैयाँ पुगेको छ।
२२ मंसिर, काठमाडौं । बजारमा पिँडालु र स्कुसको भाउ बढेको छ ।
कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले सार्वजनिक गरेको तथ्यांकले सोमबार यी दुई तरकारीको भाउ बढेको देखाएको हो ।
आज सोमबार स्कुसको भाउ प्रतिकिलो थोकमा औसत १० रुपैयाँ बढेको छ ।
हिजो आइतबार स्कुस प्रतिकिलो थोकमा २५ रुपैयाँमा किनबेच भएको थियो । आज भने स्कुसको प्रतिकिलो थोक भाउ ३५ रुपैयाँ कायम छ ।
यस्तै सोमबार पिँडालुको भाउ पनि बढेको छ । हिजो आइतबार प्रतिकिलो थोकमा ९५ रुपैयाँमा किनबेच भएको स्कुस आज सोमबार प्रतिकिलो थोकमा १०० रुपैयाँमा किनबेच भइरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4