+
+
Shares

घट्यो पिँडालुको मूल्य

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक १७ गते १०:३५

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकअनुसार सोमबार पिँडालुको मूल्य थोकमा प्रतिकिलो १६ रुपैयाँ घटेको छ।
  • हिजो आइतबार पिँडालु प्रतिकिलो ९१ रुपैयाँमा किनबेच भएको थियो भने सोमबार ७५ रुपैयाँमा किनबेच भइरहेको छ।
  • असोज अन्तिम साता पिँडालु प्रतिकिलो ७१ रुपैयाँमा किनबेच भएको थियो।

१७ कात्तिक, काठमाडौं । कालीमाटी बजारमा पिँडालुको मूल्य घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले सोमबार पिँडालुको मूल्य घटेको देखाएको हो ।

आज पिँडालुको मूल्य थोकमा प्रतिकिलो १६ रुपैयाँ घटेको छ । हिजो आइतबार पिँडालु प्रतिकिलो ९१ रुपैयाँमा किनबेच भएको थियो ।

आज सोमबार भने पिँडालु प्रतिकिलो ७५ रुपैयाँमा किनबेच भइरहेको छ । असोज अन्तिम साता पिँडालु प्रतिकिलो ७१ रुपैयाँमा किनबेच भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?