+
+
Shares

तरुल र पिँडालुको मूल्य घट्यो, सखरखण्ड बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८२ कात्तिक २४ गते ११:४१

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कालीमाटी बजारमा सोमबार तरुलको मूल्य प्रतिकिलो थोकमा औसत १० रुपैयाँ घटेर ८५ रुपैयाँमा किनबेच भइरहेको छ।
  • सोमबार पिँडालुको मूल्य प्रतिकिलो थोकमा औसत २५ रुपैयाँ घटेर ५० रुपैयाँमा किनबेच भइरहेको छ।
  • सखरखण्डको मूल्य भने सोमबार प्रतिकिलो १२ रुपैयाँले बढेर ७७ रुपैयाँमा किनबेच भइरहेको छ।

२४ कात्तिक, काठमाडौं । कालीमाटी बजारमा तरुल र पिँडालुको मूल्य घटेको छ भने सखरखण्डको बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले सोमबार तरुल, पिँडालु र सखरखण्डको मूल्यमा घटबढ देखाएको हो ।

आज सोमबार तरुलको मूल्य प्रतिकिलो थोकमा औसत १० रुपैयाँ घटेको छ । हिजो आइतबार प्रतिकिलो ९५ रुपैयाँमा किनबेच भएको तरुल आज सोमबार प्रतिकिलो ८५ रुपैयाँमा किनबेच भइरहेको छ ।

यस्तै आज पिँडालुको मूल्य पनि प्रतिकिलो थोकमा औसत २५ रुपैयाँ घटेको छ । आज सोमबार पिँडालु प्रतिकिलो ५० रुपैयाँमा किनबेच भइरहेको छ । हिजो आइतबार भने पिँडालु प्रतिकिलो थोकमा ७५ रुपैयाँमा किनबेच भएको थियो ।

यस्तै आज सखरखण्डको मूल्य भने बढेको छ । हिजो आइतबार प्रतिकिलो ६५ रुपैयाँमा किनबेच भएको सखरखण्ड आज प्रतिकिलो १२ रुपैयाँले बढेर ७७ रुपैयाँमा किनबेच भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?