
१८ फागुन, काठमाडौं । ए डिभिजन लिग क्लब सातदोबाटो युथ क्लबले आफ्नो मुख्य प्रयोजकको रुपमा रोयल ब्लु लिक्वयरसँग सम्झौता गरेको छ ।
आगामी एक वर्षको लागि हुने गरी क्लबले सागर डिस्टिलरी प्रालिको रोयल ब्लुसँग प्रायोजन सम्झौता गरेको हो ।
बिहीबार भएको कार्यक्रममा सातदोबाटो युथ क्लबका अध्यक्ष कपिल राना र रोयल ब्लुका लागि मार्केटिङ प्रमुख रितिक शाहीले सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । रोयल ब्लुको प्रयोजन रहेपछि अब सम्झौता अनुसार क्लबको नाम रोयल ब्लु सातदोबाटो युथ क्लब रहनेछ ।
इमर्जिङ क्लबका रुपमा रहेको सातदोबाटो युथ क्लबलाई खेलमा सहयोग गर्ने आशयका साथ प्रयोजन सम्झौता गरेको रोयल ब्लुका मार्केटिङ प्रमुख रितिक शाहीले बताए ।
क्लबका अध्यक्ष रानाले प्रयोजन कम्पनीको सहयोगले क्लबलाई थप अघि बढ्ने हौसला मिलेको बताएका छन् ।
अघिल्लो संस्करण मात्र ए डिभिजनमा बढुवा भएको सातदोबाटोले पहिलो संस्करणमा नै १ करोड ८० लाख बराबरको खर्च निकालेको थियो । यसवर्ष भने क्लबले चानचुन २ करोड माथिको बजेट लिगका लागि छुट्याएको अध्यक्ष रानाले जानकारी गराएका हुन् ।
ठूलो खर्च हुनुको कारण यो प्रयोजनले क्लबलाई मद्दत मिलेको पनि रानाले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4