+
+

छिमेकी बालक हत्या आरोपमा दम्पती पक्राउ 

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १८ गते १८:४०

१८ फागुन, विराटनगर । मोरङको सुनबर्सी नगरपालिका– १ मा बालकको हत्या आरोपमा  प्रहरीले दम्पतीलाई पक्राउ गरेको छ । सुनवर्षी नगरपालिका– १ का डिल्लीबहादुर माझीको  १४ वर्षीय छोरा विशाल माझीको हत्या आरोपमा प्रहरीले छिमेकी ३५ वर्षीय वीरेन्द्र पासवान र उनकी श्रीमती ३४ वर्षीया डल्ली पासवानलाई पक्राउ गरेको  हो ।

प्रहरीका अनुसार  फागुन ११ गते बेलुकादेखि बालक बेपत्ता थिए । घरबाट खेल्न हिँडेका  विशाल घर नफर्किएपछि खोजी गर्ने क्रममा फागुन १७ गते उनको शव घर नजिकैको पोखरीको डिलमा गाडेको अवस्थामा फेला परेको थियो ।

बालकको हत्यामा संलग्न भएको आरोपमा छिमेकी दुई जनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी टीकाबहादुर कार्कीले बताए । पारिवारिक रिसइबीका कारण हत्या गरेको देखिएको डीएसपी कार्कीले बताए ।

बालक बेपत्ता भएपछि खोजी गरिरहेका प्रहरीले स्थानीयले पोखरीको डिलमा शंकास्पद खाल्डो देखिएको खबर गरेपछि उत्खनन गरेको थियो । घटनाको अनुसन्धान भइरहेकाले केही दिनभित्र सबै विवरण खुल्ने डीएसपी कार्कीले बताए । पक्राउ परेकाहरुमाथि ज्यान सम्बन्धी कसूरमा हिरासतमा राखेर अनुसन्धान गर्न अदालतबाट अनुमति लिइसकेको उनले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?