+
+

पशुपतिमा अतिक्रमित संरचना हटाउन महानगरको २४ घण्टे अल्टिमेटम

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १८ गते २१:०२

१८ फागुन, काठमाडौं । काठमाडौं महानगरपालिकाले पशुपति क्षेत्रमा अतिक्रमित भएका संरचना हटाउन २४ घण्टे अल्टिमेटम दिएको छ ।

आज महानगरपालिकाको टोलीले पशुपति क्षेत्रमा भएको अतिक्रमित संरचनाको निरीक्षण गरेपछि २४ घण्टाभित्र त्यस्ता संरचना हटाउन निर्देशन गरेको हो ।
महानगरका कर्मचारी अनुसार पशुपति क्षेत्र विकास कोषबाट एक रोपनी जग्गा वार्षिक ५० हजार भाडामा लिएर १० रोपनी जग्गा गौशाला धर्मशाला नाममा सञ्चालन भइरहेको पाइएको छ ।

यस्तै पशुपति क्षेत्रमा २० वटा भन्दा धेरै सटरहरु विना दर्ता सञ्चालन भइरहेको महानगरको निरीक्षणमा भेटिएको छ । धर्मशालाहरुले नक्सा पास विना नै संरचना निर्माण गरेको समेत पाएकोले त्यस्तो संरचना समेत हटाउने महानगरका एक अधिकारीले जानकारी दिए ।

बुधबार कोषले महानगरलाई एक पत्र लेख्दै पशुपति क्षेत्र विकास कोष र महानगर दुवैलाई थाहा नदिई अवैध रुपमा निर्माण भएका संरचना, सम्झौता विपरीतका व्यवसायहरु, अतिक्रमित संरचना हटाउन अनुरोध गरेको थियो । सोही अनुसार महानगरले बिहीबार एक अनुगमन गर्दै २४ घण्टाभित्र त्यस्ता संरचना हटाउन निर्देशन दिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?