+
+

सँगै फिल्म रिलिज भएपछि दीपक र अनमोलले दिए एकअर्कालाई शुभकामना

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन १९ गते १४:४९

काठमाडौं । ‘छक्कापञ्जा ४’ र ‘छड्के २’ यस वर्षका प्रतीक्षित फिल्म हुन् । दीपकराज गिरी र अनमोल केसीको शीर्ष भूमिका भएकाले पनि दर्शकमाझ यी फिल्मलाई लिएर चासो छ । एउटै मितिमा फिल्म आउँदा पक्कै पनि बक्स अफिस प्रतिस्पर्धा हुने भइहाल्यो । तर यी दुई कलाकारले एकअर्कालाई शुभकामना दिंदै सहिष्णुता प्रदर्शन गर्ने प्रयास गरेका छन् ।

फिल्म जुध्दा निर्माता र कलाकार एकापसमा बाझाबाझ गर्ने प्रवृत्तिविरुद्ध यी दुई जना उभिएको महसुस गर्न सकिन्छ । यी दुईले सामाजिक सञ्जालबाट एकअर्कालाई शुभकामना दिएका छन् । गिरीले ‘छड्के २’ र केसीले ‘छक्कापञ्जा ४’लाई शुभकामना दिएका हुन् । दुवै फिल्मका पोस्टर सेयर गर्दै उनीहरुले एकअर्कालाई शुभकामना दिएका हुन् ।

अनमोलले ‘छक्कापञ्जा ४’लाई शुभकामना दिंदै लेखेका छन्, ‘सानैदेखि मेरो यो मान्यता छ कि नेपाली फिल्मी क्षेत्र भनेको हामी नेपालीको एउटा शान र पहिचान हो । यसलाई संरक्षण गर्ने हामी सबैको दायित्व हो । साथै भोलिदेखि तपाईहरू समक्ष प्रदर्शनमा आइरहेका दुई चलचित्र छड्के २ र आदरणीय दाइदिदीहरूको छक्कापञ्जा ४ लाई म मेन्डग र हाम्रो टिम छड्के २ को तर्फबाट शुभकामना व्यक्त गर्न चाहन्छु । हजुरको साथ र आशिर्वाद नै हाम्रो लागि काम गर्ने प्रेरणा र ऊर्जाको स्रोत हो । जय छड्के, जय छक्का पन्जा, जय नेपाल ।’

दीपकराज लेख्छन्, ‘अब हाम्रो हातमा केही छैन हजुरहरूकै हातमा छ । शुक्रबारदेखि छड्के र छक्कापञ्जा ४ प्रदर्शन हुँदैछ । धेरैले किन जुधेको भनेर पनि सोधे, यो साँढे होइन जुध्नलाई, यो फुटबल खेल पनि होइन एउटा टिम हार्ने र अर्को जित्ने, यहाँ दुवै टिमले जित्न सक्छ, प्यारो अनमोल भतिजलगायत सम्पूर्ण छड्के टिमलाई शुभकामना । जय नेपाली चलचित्र ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?