+
+

नेपाली फिल्म ‘हेल्लो जिन्दगी’ अमेजनमा रिलिज

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २१ गते १४:११

काठमाडौं । गत वर्ष नेपाली हलमा रिलिज भएको फिल्म ‘हेल्लो जिन्दगी’ ओटीटी प्लेटफर्म अमेजनमा रिलिज भएको छ । दर्शकले अमेजनको बेलायती संस्करणमा पैसा तिरेर फिल्म हेर्न पाउनेछन् । एभरेस्ट सूर्य बोहरा निर्देशित फिल्ममा विक्रम जोशी, दीपिका प्रसाईं, प्रियंका कार्कीलगायतको अभिनय छ ।

अन्तर्राष्ट्रिय दर्शकमाझ पुर्‍याउन फिल्मलाई ओटीटीमा रिलिज गरिएको अभिनेता जोशीले बताए । यो फिल्मले विदेशका विभिन्न फेस्टिभलमा समेत अवार्ड जितेको छ ।

फिल्म ‘हेल्लो जिन्दगी’ले बदलाको कथा भन्छ । एक पश्चिमी मुलुकका दम्पतीले नेपालबाट धर्मपुत्र ग्रहण गर्छन् । विजय नामक सो पात्र मायाको खोजीमा छ । उसले माया पाउँछ र माया पनि गर्छ । तर धोका दिइएपछि ऊविरुद्ध बदला लिन्छ । अमेजनमा दर्शकले यो फिल्मलाई अंग्रेजी भाषामा हेर्न पाउनेछन् ।

अमेजनमा यसअघि नेपाली फिल्महरु कबड्डी ३, चिसो एस्ट्रे, हजार जुनीसम्म, शत्रुगते, मिस्टर नेपाली, चिनी कम रङ कडा, बुलबुल, चौका दाउ, आमा खान्डो, सुनाकली र गोपी रिलिज भइसकेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?