+
+

लोसपाका नेता कार्यकर्ताले मनाए होली

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २१ गते १७:१२

२१ फागुन, काठमाडौं। लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता, कार्यकर्ताहरुले होली पर्व मनाएका छन् ।

आइतवार पार्टी केन्द्रिय कार्यालयको आयोजनामा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका नेता कार्यकर्ताहरुले आपसमा रङ दलेर होली पर्व मनाएका हुन् ।

पात्रो अनुसार पहाडमा सोमवार(भोलि) र तराईमा मंगलवार होली पर्व मनाइने भए पनि होली पर्वको पूर्वसन्ध्यामा आजै नेताहरुले होली पर्व मनाएका हुन् ।

पार्टी केन्द्रिय कार्यालय बबरमहलमा ‘होली मिलन समारोह’को ब्यानरमा आयोजित कार्यक्रममा लोसपा अध्यक्ष महन्थ ठाकुर र राजेन्द्र महतो लगायतका नेताहरुसहित दर्जनौँ पार्टी कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।

कार्यक्रममा अध्यक्ष ठाकुर, नेता महतोले उपस्थित सदस्यहरुलाई होली पर्वको शुभकामना दिएका थिए ।

समारोहमा एक-आपसमा रंगहरु दलेर उत्सव मनाइएको थियो भने बाजागाजासहित गीत पनि गाइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?