+
+

बसको ठक्करबाट १ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २१ गते १६:५५

२१ फागुन, बारा । बारामा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएको छ । निजगढ नगरपालिका– ८ बस्ने ५० वर्षीय मजिद मियाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

वीरगञ्जबाट विराटनगरतर्फ जाँदै गरेको को १ ख ५७०० को बसले ब्याक गर्ने क्रममा आइतबार बुद्धचोकमा उनलाई ठक्कर दिएको थियो ।

जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक पुरुषोत्तमप्रसाद पाण्डेका मियालाई सिटी अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारको लागि गण्डक हेल्थकेयर अस्पताल वीरगञ्जमा ल्याइएको थियो ।

गण्डक अस्पतालमा उपचार गर्न नपाउँदै उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

बस चालक सिरहा सुखीपुर नगरपालिका–८ बस्ने ४२ वर्षीय ललन कुमार दासलाई ईलाका प्रहरी कार्यालय निजगढमा राखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?