+
+

वीरगञ्ज कृषि औजार कारखानाका पुरानै मेसिनबाट बने साबेल, बञ्चरो, कुटो र कोदालो

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २१ गते १७:४९

२१ फागुन, काठमाडौं । वीरगञ्ज कृषि औजार कारखाना पुनः सञ्चालनमा ल्याउन काम गरिरहेको राष्ट्रिय आविष्कार केन्द्रका प्राविधिकहरुले त्यहाँबाट कृषि औजार उत्पादन सुरु गरेका छन् ।

भग्नावशेषमा परिणत कम्पनीको पुरानो मेसिनहरु मर्मत गरेर परीक्षण गर्दा पराम्परागत कृषि औजारहरु उत्पादन भएको राष्ट्रिय आविष्कार केन्द्रले जनाएको छ । केही दिनदेखि नियमित गरिएको परीक्षणका क्रममा साबेल, गैंती, कुटो, कोदालो, बञ्चरो, कोदालो जस्ता उपकरणहरु बनेको केन्द्रका प्रमुख महावीर पुनले बताए ।

‘हाम्रो प्राविधिक टोलीले यहाँको पुराना मेसिनहरुको मर्मत र परीक्षण गरिरहेका छन्,’ पुनले अनलाइनखबरसँग भने, ‘यस क्रममा साबेल, गैंती, कुटो, कोदालो, बञ्चरो, कोदाला जस्ता घरेलु परम्परागत कृषि औजार उत्पादन भएका छन् ।’

उनका अनुसार ८/१० थानका दरले ती उपकरणहरु उत्पादन भएका हुन् । यो उत्पादनको अर्थ कृषि सामग्री कम्पनी सञ्चालन गर्न सकिने र यसबाट कृषिका लागि चाहिने आधारभूत कृषि औजार निर्माण गर्न सकिने देखिएको पुनले बताए । उनकाअनुसार अहिले केन्द्रमा १२ जना प्राविधिकले दैनिक काम गरिरहेका छन् ।

३१ भदौको मन्त्रिपरिषद् बैठकले कृषि औजार कारखाना आविष्कार केन्द्रलाई सञ्चालन गर्न दिने निर्णय गरेको थियो । सोहीअनुसार ११ असोज, २०७९ मा सरकारले कृषि औजार कारखाना १० वर्षका लागि राष्ट्रिय आविष्कार केन्द्रलाई जिम्मा दिने सम्झौतामा अर्थ मन्त्रालय र केन्द्रबीच सम्झौता भएको थियो ।

अर्थ मन्त्रालय र राष्ट्रिय आविष्कार केन्द्रबीच भएको सम्झौताअनुसार केन्द्रलाई कारखाना पुनः सञ्चालनमा ल्याउने जिम्मेवारी छ । केन्द्रकाअनुसार सरकारले अहिले दिने भनेको २० करोड रुपैयाँ भने अहिलेसम्म पाएको छैन । सरकार र मन्त्रीहरु फेरिएको. र आफूहरुले पनि थप फ्लोअप गर्न नपाएको पुनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?