+
+

बेकोले सञ्चालनमा ल्यायो नि:शुल्क एसी सर्भिस र एक्सचेञ्ज क्याम्प

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २१ गते १८:३७

काठमाडौं । युरोपको ठूलो इलेक्ट्रोनिक्स ब्राण्ड बेकोले १५ फागुनदेखि सीमित अवधिका लागि सबै प्रकारका एसीका ग्राहकलाई लक्षित गरी नि:शुल्क एसी सर्भिस र एक्सचेञ्ज क्याम्प सञ्चालनमा ल्याएको छ ।

यस योजना अन्तर्गत ग्राहकहरुले कुनै पनि ब्रान्डको एसीमा नि:शुल्क एसी सर्भिसिङ पाउनुका साथै जुनसुकै अवस्थाको पुरानो एसी साट्न चाहेमा उक्त पुरानो एसीको  उचित मूल्यांकनका साथ बेकोको उच्च गुणस्तरीय एसीसँग साट्न सक्नेछन् ।

नयाँ बेको एसीहरुमा १० वर्षको कम्प्रेसर वारेन्टी रहेको कम्पनीले बताएको छ ।  साथै कम्पनीले एसीको रिपेयरिङ गर्दा स्पेयर पार्टमा ५० प्रतिशतसम्म छुटका साथै नयाँ बेको एसी खरिद गर्दा २० प्रतिशतसम्मको विशेष छुट प्रदान गर्नेछ ।

यो सुविधा र सर्भिस लिनको लागि कम्पनीमा फोन गर्न सक्नेछन् भने कम्पनीको इमेलमा आफ्नो जानकारी रजिस्टर गराउन सक्ने व्यवस्था रहेको कम्पनीले जनाएको छ । यो सुविधा ग्राहकहरुले घरमै बसीबसी लिन सक्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?