+
+

आय ठेक्काको बक्यौता ३५ दिनभित्र बुझाउन जीतपुरसिमराको निर्देशन

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २२ गते १२:००

२२ फागुन, काठमाडौं । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाले आय ठेक्काको बक्यौता रकम ३५ दिनभित्र बुझाउन सम्बन्धित निकायलाई निर्देशन दिएको छ ।

१० ठेकेदार कम्पनीहरुले विभिन्न आर्थिक वर्षमा आय ठेक्का लिएर पनि उपमहानगरपालिका रकम नबुझाएको भन्दै ३५ दिने सूचना निकालेको जनाएको छ ।

सूचना अनुसार बक्यौता रकम उठाउन उपमहानगरपालिकाले बारम्बार पत्र पठाउँदा पनि ठेकेदार कम्पनीहरुले अटेर गर्दै आएका थिए ।

जीतपुरसिमराले हाट बजारदेखि पाडाभैंसी बजार, विज्ञापन कर लगायत बक्यौता उठाउन सकेको छैन ।

हेर्नुहोस् सूचनाः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?