+
+

नेपाली मोडल अञ्जली लामा अभिनित फिल्मको गीत ओस्कार अवार्डमा मनोनित

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २३ गते ११:४७

काठमाडौं । नेपाली ट्रान्सजेन्डर मोडल अञ्जली लामाले समेत अभिनय गरेको फिल्म ‘टेल इट लाइक अ वुमन’को गीत ‘अप्लज’ यस वर्षको ओस्कार अवार्डको मौलिक गीत विधामा मनोनयन भएको छ । यो गीतमा लामा बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डिजसँगै देखिएकी छन् ।

नेपाली समयानुसार आगामी मंगलबार बिहान यस वर्षको ओस्कार अवार्ड वितरण समारोह आयोजना हुँदैछ । अभिनेत्री फर्नान्डिजले यो गीतलाई इन्स्टाग्राममा सेयर गर्दै ओस्कार अवार्ड जित्ने आशा व्यक्त गरेकी छन् । उनी लेख्छिन्, ‘यो गीतले सधैं मेरो हृदयमा विशेष स्थान राख्नेछ र अब हामी सन् २०२३ को ओस्कार अवार्डको काउन्टडाउन गर्दैछौं, हाम्रो ओस्कार मनोनित गीत ‘अप्लज’को लागि ‘टेल इट लाइक अ वुमन’लाई शुभकामना छ । हामीले सँगै गर्‍यौं र अब पनि सँगै गर्नेछौं ।’

उक्त गीत ‘अप्लज’लाई डायनी वारेनले गाएकी हुन् । अञ्जली लामाको कुरा गर्दा नेपालबाट मोडलिङ करिअर सुरु गरेकी उनी पछिल्लो समय न्युयोर्क फेसन वीकमा समेत देखिएकी थिइन् । त्यसअघि उनले मुम्बईमा फेसनसँगै उक्त फिल्ममा समेत काम गरिन् । ‘टेल इट लाइक अ वुमन’ सन् २०२३ को अमेरिकी र इटालेली एन्थोलोजी फिल्म हो, जसले पर्दा पछाडि कार्य गर्ने महिलाहरुको कथा भन्छ । यसलाई संसारका विभिन्न भागमा छायांकन गरिएको थियो ।

ओस्कारमा उत्कृष्ट मौलिक गीत विधामा तेलुगू फिल्म ‘आरआरआर’को ‘नाटु नाटु’ पनि मनोनित छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?