+
+

डर्टमण्डलाई हराउँदै चेल्सी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २४ गते ७:१७

२४ फागुन, काठमाडौं । चेल्सी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ । अन्तिम १६ को दोस्रो लेगमा जर्मन क्लब बोरुसिया डर्टमण्डलाई २-० ले हराउँदै समग्रमामा २-१ को जितसहित चेल्सीले अन्तिम ८ मा स्थान बनाएको हो ।

पहिलो लेगमा १-० ले पराजित भएको चेल्सीले दोस्रो लेगमा घरेलु मैदानमा पनारगमन गर्द जित निकालेको हो ।

स्टानफोर्ड ब्रिजमा चेल्सीका लागि रहिम स्टर्लिङले ४३औं मिनेटमा पहिलो गोल गरे । त्यसपछि काऐ हाभार्टले ५३औं मिनेटमा पेनाल्टीबाट निर्णायक गोल गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?