+
+

कर्णालीका ९४ प्रतिशत पालिकामा पुग्यो एमालेको ‘मिसन ग्रासरुट’

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २४ गते ७:३३

२४ फागुन, सुर्खेत । नेकपा एमालेले शुरु गरेको पार्टी सुदृढीकरण तथा विस्तार अभियान ‘मिसन ग्रासरुट’ कर्णाली प्रदेशका ९४ प्रतिशत पालिकामा पुगेको एमाले प्रदेश कमिटीले जनाएको छ ।

प्रदेश अध्यक्ष बिनोद कुमार शाहका अनुसार ७९ पालिका रहेको कर्णाली प्रदेशमा ७६ पालिकामा ‘मिसन ग्रासरुट’ चलिरहेको छ । ‘उपल्लो डोल्पाका तीन पालिका बाहेक अन्य प्रदेशका अन्य सबै पालिकाहरुमा अभियान सञ्चालन भइरहेको छ । पालिका सकेर वडा तहमा कार्यक्रमहरु सञ्चालन भइरहेका छन्,’ अध्यक्ष शाहले अनलाइनखबरसँग भने ।

प्रदेशका १० जिल्ला मध्य हुम्ला र सल्यानमा जिल्ला स्तरीय अभिमुखीकरण भने अझै शुरु हुन सकेको छैन । नेताहरुको व्यस्तता र केही आन्तरिक समस्याका कारण यी दुई जिल्लामा अभियान सुचारु हुन नसकेको नेताहरुले बताएका छन् । यी दुई जिल्लाको पालिका र वडास्तरमा भने अभियान चलिरहेको छ ।

५ फागुनमा पार्टी केन्द्रीय कार्यालयबाट अध्यक्ष केपी शर्मा ओलीले ‘भर्चुअल माध्यम’बाट शुभारम्भ गरेको अभियान ६ फागुनबाट कर्णालीमा शुरु भएको थियो ।

अभियानअन्तर्गत पार्टी सदस्यता नवीकरण, विस्तार, आधारभूत तहका पार्टी सदस्यको वास्तविक तथ्यांक र पार्टीको अवस्था पत्ता लगाउने, आधारभूत राजनीतिक, सैद्धान्तिक प्रशिक्षण दिने, राय सुझाव लिने जस्ता काम भैरहेको केन्द्रीय प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए ।

कर्णाली प्रदेशमा अनुगमन संयोजक पार्टी सचिव योगेश भट्टराई र सदस्यहरूमा स्थायी कमिटी सदस्यहरू भानुभक्त ढकाल, यामलाल कँडेल, शिवमाया तुम्बाहाम्फे र गोरखबहादुर बोगटी खटिएका थिए । भट्टराईले सुर्खेत, दैलेख, जाजरकोट, रुकुम पश्चिम, कालिकोट हुँदै जुम्लासम्म पुगेर जिल्लास्तरीय प्रशिक्षण भेलालाई सम्बोधन गरेका थिए । त्यस्तै यामलालले मुगुमा र शिवमायाले डोल्पामा पुगेर जिल्लास्तरीय भेलालाई प्रशिक्षण दिएका थिए । अन्य केन्द्रीय नेताहरु भने पालिका, वडा हुँदै टोलस्तरमा पुगेकोे एमालेले जनाएको छ ।

एमाले प्रदेश कमिटीले पनि प्रदेश कमिटी सदस्यहरुलाई ‘मिसन ग्रासरुट’ अभियानलाई सफल पार्न भन्दै वडा तहमा खटाएको एमाले प्रदेश अध्यक्ष शाहले बताए । उनका अनुसार ७१८ वटा वडा रहेको कर्णालीमा एमालेका २०९ जना प्रदेश कमिटी सदस्यलाई खटाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?