+
+
Shares

वर्षामा भत्किएको पुल अझै बनेन, ३ घण्टा हिँडेर विद्यालय पुग्नुपर्ने बाध्यता

रामहरि ओझा रामहरि ओझा
२०७९ फागुन २४ गते ११:५७

२४ फागुन, डोटी । डोटीको आदर्श गाउँपालिका-६ बबिनाऔलकी विपना थापा छपाली माविमा कक्षा ९ मा पढ्छिन् । विद्यालय १० बजेबाट खुल्छ, तर उनी बिहान ७ बजे नै विद्यालयका लागि निस्किन्छिन् । किनकी विद्यालय पुग्न तीन घण्टा पैदल हिँड्नुपर्छ ।

‘उकालो बाटो छ, ३ घण्टा लागिहाल्छ,’ विपना भन्छिन्, ‘कुनै दिन समयमै पुग्छौं, कुनै दिन ढिलो भइहाल्छ । खाना पनि राम्रोसँग खान पाइँदैन ।’

यस्तै समस्या भोगिरहेकी छिन् सरिता थापा पनि । विद्यालय जान ढिलो हुन्छ भन्ने चिन्ता सधैं लागिराख्ने सरिता बताउँछिन् । ‘सधैं ३ घण्टा हिँडेर विद्यालय जानुपर्छ,’ उनी भन्छिन्, ‘छकालै -बिहानै) स्कुल लाग्ने बेला त हामी कहिल्यै समयमा पुग्न सक्दैनौं ।’

विद्यालय आउजाउ गर्नमै समय बर्बाद हुने भएकाले गृहकार्य पनि गर्न नभ्याउने उनीहरुको भनाइ छ । ‘न घरमा पढ्ने समय हुन्छ, न घरको काममा सघाउन सकिन्छ,’ विपना भन्छिन्, ‘विद्यालय आउजाउमै दिन काटिन्छ ।’

सायल गाउँपालिका-१ मा रहेको छपाली माविमा अध्ययनरत विपना आफ्नो पढाइ बिगि्रने चिन्तामा छिन् । उनी भन्छिन्, ‘पढ्नै पाइँदैन, फेल हुन्छु कि भन्ने चिन्ता लाग्छ ।’ विद्यालय टाढा भएका कारण केही साथीहरु उतै डेरा गरी बस्न थालेका भए पनि आफू लगायत अन्य साथीहरु घरबाटै आउजाउ गर्न बाध्य भएको विपनाको भनाइ छ ।

२०७८ साल असोज ३१ गतेदेखि कात्तिक ३ गतेसम्मको बेमौसमी वषर्ासँगै सेती नदीमा आएको बाढीले डोटीको आदर्श गाउँपालिका र बैतडीको शिगास गाउँपालिका जोड्ने बबिनाऔलमा रहेको झोलुङ्गे पुल बगायो । पुल निर्माण नहुँदा लामो बाटो हिँडेर अर्को विद्यालय जानुपर्ने बाध्यता स्थानीय शंकर बोहरा बताउँछन् । २०६१ सालमा निर्माण भएको उक्त पुल बगेपछि विद्यार्थीहरुलाई विद्यालय टाढा भएको उनको भनाइ छ ।

‘पुल हुँदा पारी शिगास गाउँपालिकाको मौरीबगरमा रहेको गणेश माविमा पढ्न जान्थे बालबालिकाहरु,’ बोहरा भन्छन्, ‘त्यहाँ जान १५/२० मिनेट मात्रै लाग्थ्यो, तर पुल बगेपछि बालबालिकाहरुलाई यस्तो सास्ती छ ।’ उनी सानो कक्षामा पढ्ने बालबालिकाहरुले पनि एक घण्टाको उकालो हिँडेर बबिना आधारभूत विद्यालय जानुपर्ने अवस्था रहेको बताउँछन् ।

‘पुल हुँदा त समय बचत हुन्थ्यो । घरको काम पनि हुन्थ्यो, पढाइ पनि राम्रो हुन्थ्यो,’ विपना भन्छिन् ‘यति दुःख गर्नुपर्ने थिएन, तर अचेल विद्यालय आउजाउ गर्नमै ६ घण्टा बिताउनु पर्ने अवस्था छ ।’

पुल नहुँदा विद्यार्थीलाई मात्रै नभई सबैलाई समस्या भएको स्थानीय बताउँछन् । ‘हाम्रा खेत नदी पारी छन्, बजार नदीपारी छ,’ एक स्थानीय भन्छन्, ‘हामी वारीपारीका बासिन्दाहरु बीच जिउँदा जन्ती र मर्दा मलामीको सम्वन्ध थियो, पुल बगाउँदा त्यो सम्बन्ध पनि बिच्छेद् भएको छ ।’ उनले सामान्य स्वास्थ्य समस्या आएपनि उपचारका लागि जाने नजिकको ठाउँ नदीपारी नै भएको बताए ।

पुल बगेको केही दिनपछि सुदूरपश्चिमका तत्कालीन मुख्यमन्त्री त्रिलोचन भट्ट बाढी प्रभावितहरुका लागि खाद्यान्न बोकेर हेलिकोप्टरमार्फत त्यस क्षेत्रमा पुगेका थिए । उनले त्यतिबेला पुल छिट्टै बन्ने आश्वासन पनि दिएका थिए । ‘हामीले मुख्यमन्त्री ज्यूसंग पुल निर्माण छिटो गर्नु पर्ने माग राखेका थियौं’ शंकर भन्छन्, ‘उहाँले छिट्टै निर्माण हुन्छ भन्नु भएको पनि हो, तर उहाँको कार्यकाल सकिदासम्म पनि पुल निर्माण भएन ।’

पुल बगाएपछि स्थानीयले नदीमा साउँ -काठको फल्याक) राखेर अति आवश्यकीय कामका लागि ओहोरदोहोर गरिरहेका थिए । गत असार २ गते उक्त साउँबाट खसेर १७ वषर्ीया ढुल्लु अधिकारीको मृत्यु भएको थियो । रोपाइँका लागि शिगास-७ जाने क्रममा साउँबाट नदीमा खसेर उनको मृत्यु भइसकेपछि साउँ तर्न स्थानीय डराए ।

गत मंसिरमा स्थानीयले अस्थायी काठेपुल निर्माण गरेका छन् । पुल बन्ने कुनै लक्षण नदेखिएपछि आफ्नै परिश्रममा आफूहरुले अस्थायी काठेपुल निर्माण गरेको स्थानीय मानबहादुर बोहरा बताउँछन् । ‘यो काठेपुल हिउँदका लागि मात्रै हो, बर्खामा बगिहाल्छ,’ उनी भन्छन्, ‘बाढीले बगाएको झोलुङ्गे पुल निर्माणको आश्वासन धेरै ठाउँबाट पाए पनि कसैले निर्माण नगरिदिएपछि आफैंले काठे पुलनिर्माण गरेका छौं, यो पनि जोखिमपूर्ण छ ।’

घाँस दाउराको लागि पनि दुवैतिरका बासिन्दाहरुले ओहोरदोहोर गर्ने पुल बगाएपछि स्थानीयहरुले दुःख झेल्नु परेको शंकर बताउँछन् ।

सोही समयमा बगाएको आदर्श गाउँपालिकाको तलारा र शिगास गाउँपालिकाको ढुङ्गाड जोड्ने झोलुङ्गे पुल पनि हालसम्म निर्माण भएको छैन । २०४३ सालतिर निर्माण भएको पुल ०७८ साल कात्तिक २ गते राति नदीले बगाएको स्थानीय विष्णु चन्द बताउँछन् । पुल बगाएको लामो समयसम्म पनि फेरी निर्माणका लागि कसैले चासो नदेखाएको चन्दको आरोप छ । उनी भन्छन्, ‘यो पुलले हामी दुई जिल्लाका बासिन्दालाई जोडेको थियो ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
लेखक
रामहरि ओझा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?