
२४ फागुन, दाङ । दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले नर्सिङ अध्यापनको अनुमति प्राप्त गरेको छ ।
चिकित्सा शिक्षा आयोगले प्रतिष्ठानलाई स्नातक तहका लागि बिएससी नर्सिङ र बिएन एसको कक्षा सञ्चालन गर्ने अनुमती प्रदान गरेको हो । आयोगले नर्सिङ अध्यापनका लागि २०/२० सिट निर्धारण गरेको छ । योसँगै प्रतिष्ठानमा पहिलो पटक शैक्षिक कार्यक्रममा सुरु हुन लागेको हो ।
प्रतिष्ठानका उपकुलपती डा. विकास लामिछानेले आयोगको अनुमति पाएसँगै नर्सिङ अध्यापनको बाटो खुलेको बताए ।
उनले अगामी शैक्षिक शत्रदेखि प्रतिष्ठानमा अध्यापन सुरु हुने बताए । यसका लागि प्रतिष्ठानमा सबैखाले पूर्वाधार तयार भइसकेको उनले बताए । ‘अध्यापनका लागि चाहिने कक्षा कोठा, लाइब्रेरी, अडोटोरियल रूमहरू जस्ता पूर्वाधार तयार छ,’ उपकुलपति लामिछानेले भने ।
उनले प्रतिष्ठानले उपचार सेवासँगै शैक्षिक कार्यक्रम पनि सञ्चालन हुने बताए । यसअघि प्रतिष्ठानले शैक्षिक कार्यक्रम सञ्चालन गर्ने तयारी गरे पनि अनुमति पाएको थिएन ।
प्रतिक्रिया 4