+
+

पीएसजीलाई हराउँदै बायर्न क्वाटरफाइनलमा

अनलाइनखबर अनलाइनखबर
२०७९ फागुन २५ गते ७:२६

२५ फागुन, काठमाडौं । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) लाई हराउँदै जर्मन क्लब बायर्न म्युनिख युरोपियन च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

बुधबार राति घरेलु मैदानमा भएको दोस्रो लेगमा बायर्नले पीएसजीलाई २-० ले हराएर समग्रमा ३-० को जित निकालेको हो ।

पहिलो लेगमा बायर्नले पीएसजीलाई उसैको मानमा १-० ले पराजित गरेको हो ।

दोस्रो लेगमा बायर्नका लागि एरिक म्याक्सिम चौउपो मोटिङले ६१औं र सर्ज जीनाब्रीले ८९औं मिनेटमा गोल गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?